काठमाडौँ। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् । पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा आएका राईले बिहीबार विराटनगर पुगेर संसदीय दलको नेताबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
यस्तै एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको छ। आचार्य दलको नेताभएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।