– नवलपरासी प्रतिनिधि
नवलपरासी केही दिनको अविरल बर्षा र डुवानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्र अन्तर्गतको सब-स्टेशनमा क्षति पुगेको छ । जसका कारण परासी स्थित सब- स्टेशनबाट बिद्युत आपुर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
बर्षा र डुवानका कारण परासी शब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकाले तत्कालै सव- स्टेशनबाट बिद्युत आपुर्ति गर्ने अवस्था नरहेको बिद्युत प्राधिकरण परासी बितरण केन्द्रले जानकारी दिएको छ ।
यद्यपी बिद्युत आपुर्तिका लागी अहिले गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब- स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युतबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
पानी र डुवानका कारण परासी स्थित शब- स्टेशनको कम्पाण्ड वालमा क्षति पुग्दा पानी स्टेशन भित्र पसेर स्टेशनबाट बिद्युत आपुर्ति गर्ने महत्पुर्ण भुमीका निर्वाह गर्ने ब्रेकर सहित अन्य प्राविधिक उपकरणमा पानीले निकै क्षति पु¥याएको छ ।
कार्यालयका अनुसार परासी शब- स्टेशनबाट बिद्युत आपुर्ति सञ्चालन हुन अझै केही दिन लाग्ने बताईएको छ । यद्यपी परासी शब स्टेशन सञ्चालनका लागि आवश्यक जनशक्तीहरु व्यस्थापनको तयारीमा गरिसकिएको र आजैबाट मर्मत सम्भारका काम सुरु गरिने प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
परासी बितरण केन्द्र अन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन् । जसमध्ये अहिले तत्कालका लागी ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युत आपुर्तिबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको हो । स साना उद्योगलाई बिद्युत आपुर्ति गरिएपनि ठुला उद्योग धन्दा जो ११ हजार केभिएको ट्रान्सफमर मार्फत बिद्यूत आपुर्ति हुन्छ उक्त उद्योग कलकारखाना सञ्चालन नगरिदिन कार्यालयले सम्वन्धी उद्योग कारखाना संग आग्रह गरेको छ ।
परासी बितरण केन्द्र अन्तर्गत सुर्यपुरा , सुनवल , महेशपुर र बन्जरिया स्थित कार्यालय पर्दछन् । परासी बितरण केन्द्र अन्तर्गत कुल ४४ हजार ग्राहक रहेका छन् ।