अविरल वर्षाको कारण पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ।
तानसेन नगरपालिका ५ कैलाशनगरका नारायण दर्जीको एक तले घर भत्किँदा उनकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान चार बजे घटना भएको हो। ढुंगामाटोले बनेको कच्ची घरको पछाडिको गारो भत्किँदा च्यापिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
गारोले च्यापिएर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।