काठमाडौं । अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनमानसमा रहेको भ्रम चिर्न भन्दै बनाइएको विज्ञापन विवादित बनेको छ । एउटा निजी टेलिभिजनले सो विज्ञापन आइन्दा प्रशारण नगर्ने जनाएको छ ।
एपीवान टेलिभिजनले एमसीसीको विज्ञापन नबजाउने घोषणा गरेको हो । सो टेलिभिजनको फेसबुक पेजमा आम दर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको उल्लेख छ ।
उक्त विज्ञापन एपीवानले प्रशारण गरे लगत्तै सामाजिक संजालमा जनताले एमसीसी देशका लागि घातक भएको भन्दै तुरन्त विज्ञापन रोक्नु पर्ने विचार राखिरहेका थिए।