Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोडल निशाको स्वास्थ्यमा देखिएन सुधार, उपचारमा ५० लाख बढी खर्च

Author Avatar साझा न्यूज 31st August 2021 , 4:18 PM
मोडल निशाको स्वास्थ्यमा देखिएन सुधार, उपचारमा ५० लाख बढी खर्च

करिब तीन महिनादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा खासै सुधार नदेखिएको अस्पतालले जनाएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गरी अस्पतालले निशाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो ।

नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरेर निशाको उपचार गरिरहे पनि अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ । ‘उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख भनिएको छ ।

फिल्म पढ्न भारत गएका बेला दुर्घटनामा परेर तीन वर्षदेखि थलिएकी मोडल घिमिरेको उपचारको जिम्मेवारी नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले लिएकी थिइन् । उनले गएको जेठ २७ गते समाजसेवीको सहयोग लिएर उद्धार कार्य शुरु गरेकी थिइन् । स्वास्थ्यमा अपेक्षित सुधार नदेखिए पनि विकल्पहरू सोचेर उनको उपचारमा निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ । हालसम्म निशाको उपचारका लागि ५० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको र खर्च नर्भिक अस्पतालले नै व्यहोरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मोडल निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्ण रूपमा सामान्य हुने सम्भावना एकदमै न्यून देखिन्छ । ‘ब्रेन ड्यामेज’ हुँदा पनि लामो समय उपचारविहीन भएकाले अपेक्षित सुधारको सम्भावना नदेखिएको बताइएको छ ।

मोडल निशाको उपचारका लागि पहल गरेका नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार अहिले पनि उनलाई अक्सिजनको सहायतामा नै राखिएको छ । खाना, औषधिहरू घाँटीमा पाइप जोडेर दिइएको छ । निशाको उपचारका लागि खडा गरिएको कोषमा हालसम्म १६ लाख रुपैयाँ रकम जम्मा भइसकेको पनि उनले जानकारी दिए । लामो समय उपचारविहीन अवस्थामा बसेकाले अहिले आएर कोसिस गरिएपनि अपेक्षित रुपमा घिमिरेको स्वास्थ सुधार हुन नसकेको डाक्टर जलानले बताए ।

‘स्वास्थ अवस्था यस्तै रहने हो भने घिमिरेलाइ राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ । यो विषयमा पनि आफूले सोचिरहेको नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले बताउनु भएको छ,’ नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज