काठमाडौं । नेपाल तरुण दलले झापामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड घटनाको विरोध गरेको छ ।
संघका अध्यक्ष जितजंग बस्नेतले भद्रपुर नगरपालिका-९ स्थित प्रकाशपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक आइतबार राति तोडफोड भएकोप्रति खेद व्यक्त गरेका हुन् ।
बस्नेतले घटनाको तत्काल छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । काठमाडौंमा देवकोटाको ऐतिहासिक घर भत्काएपछि सर्वोच्च अदालतले अन्तरिम आदेशबाट रोक लगाएको थियो ।