बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् ।
मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् ।
योसंगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेश सभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ । घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउन सक्ने दावी गरिन् ।
















































