काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौति दिनु भएको छ ।
आज भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले दिएको चुनौतिको जवाफमा देउवाले उक्त चुनौति दिनु भएको हो । केही समय अघि एमाले नेता महेश बस्नेतले आफुसँग चुनाव लड्न देउवालाई चुनौती दिनु भएको थियो ।
















































