काठमाडौं । नेकपा एमाले परित्याग गरेको घोषणा गरेका राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले छाडेका छन् ।
गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएको पत्र कार्यालय सचिव शेर बहादुर तामाङलाई बुझाएका हुन् ।
एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेको बताइएको छ । उनी लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको कामकारवाही प्रति असन्तुष्ट थिए । केही समय अघि उनले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
















































