Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

Author Avatar साझा न्यूज 4th September 2021 , 4:02 PM
नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

नेपाली कांग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका छन् ।

नेपाली कांग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले पनि उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् ।

चितवन जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ ।

जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज