बुटवल-बुटवलको राजमार्ग चौराहामा रहेको एक पसलमा आगलागी भएको छ। प्रहरी तालिम केन्द्रनजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पसलमा लागेको आगो दमकलले निभाउने प्रयास जारी राखेको छ। आगो कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन।
















































