–नेपालगन्ज प्रतिनिधि
नेपाल भारत सीमा नाका रुपैडियामा लागु औषध कारोबारीहरु संग असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनीलाई भारत स्थित रुपैडिहा थानाले पक्राउ गरेको छ ।
केही समय अघि पत्रकार सोनीको लागू औषध तस्करहरुलाई धम्काई रहेको भिडियो मिडियामा भाईरल भएको थियो। पत्रकार सोनीले लागू औषध कारोबार गर्नेहरु संग महिनै पिच्छे मोटो रकम असुली गर्दै आएको सो भिडियोमा प्रष्ट देख्न सकिन्छ।सोनीलाई उनकै निवास रुपैडियाबाट पक्राउ गरिएको रुपैडिया अदर्श थानाले जानकारी गराएको छ ।सुदर्शन न्यूजमा आबद्ध पत्रकार राम जी सोनी सिमावार्ती क्षेत्र भारतको रुपैडिहामा धेरै समय देखि पत्रकारिता गर्दै आएका छन ।
थप अनुसन्धानका लागि उनलाई भारतको बहाराईच जेलमा पठाइएको छ । पत्रकार सोनीले लकडाउनको समय देखि नेपाली सीमामा आई भारतिय प्रहरीलाई समेत धम्क्याउने कार्य गरेको थाना अध्यक्षले जानकारी दिएका छन्।