Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी

Author Avatar साझा न्यूज 8th September 2021 , 8:15 AM
एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी

काठमाण्डौ ÷ नेपाल वाहीर बस्ने नेपालीहरुको सवैभन्दा ठुलो र महत्वपुर्ण छाता संगठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।
आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । गैरआवासीय नेपाली संघ (एनआरएन)मा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकिप्रिय र नम्र स्वभावका डा. पौडेल संस्थागत बिकासका लागी यस पटक आफु महासचि पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनुहुन्छ ।


उहाँले संस्थाको पद्दति र पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापीत गर्न यस पटकको महाधिबेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको डा.पौडेलले जानकारी दिनुभयो । नेपालमा गैरआवासीय नेपालीहरुले लगानी गर्न ईच्छुक रहेकोले यद्यपी सरकारले लगानीमैत्री वातावरण सृजना गर्न गनुपर्ने डा. पौडेलको निष्कर्ष छ ।
तनहु जिल्ला ब्यास नगरपालीका ९ स्थायी घर भएका उहाँ बिगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आउनुभएको छ । सन् २०१३ देखि एनआरएनएमा आवद्ध उहाँले यस अगाबै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भुमीका निर्वाह गरिसक्नुभएको छ ।
डा. पौडेलले यस पटक एनआरएनए संस्थागत शुसासन र पारिदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदाताको सामु प्रस्तुत हुनुभएको छ । अमेरिकामा सक्रिय चिकित्सक पेशमा संलग्न डा. पौडेलले नेपालमा समेत ग्रिनसिट अस्पताल मार्फत चिकित्सा क्षेत्र आवद्ध हुनुहुन्छ । डा. पौडेल चिकित्सा क्षेत्र अन्तर्गत बिशेष गरी ईन्टरनल मेडिसीन बिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
डा. पौडेलले वर्तमान् अवस्थामा कोभिड –१९ को उपचार र रोकथामका लागी एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौ मुल्य वरावरको आवश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भुमीका निर्वाह गर्नुभयो । डा. पौडेलको अमेरिकामा चिकित्सा साथ साथै होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ ।
तत्कालीन अवस्थामा डा. पौडेल एनआरएन अमेरिकाको अध्यक्ष रहदा नेपालमा २०६२ सालमा भूकम्पबाट प्रभावीतहरुलाई तत्कालै उपचार र राहत व्यस्थापनमा एनआरएन अमेरिकाले संस्थागत रुपमा सहयोगी भुमीका निर्वाह गरेको थियो ।


अध्यक्ष डा. पौडेलको नेतृत्वले भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछापमा तत्कालै राहत तथा उद्धारका काम गरेको थियो । सो अवस्थामा आवश्यकता अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै आवश्यकीय औषधिहरु वितरण गर्ने काम समेत अध्यक्ष डा. पौडलले नेतृत्वको दावी छ ।
अध्यक्ष डा. पौडेलले नेतृत्व गरिरहदा अमेरिकामा रहेका नेपालीहरुबाट सँकलित रु दुई करोड रुपैयाँ भूकम्प प्रभावीतको सहयोगका लागि एनआरएन ग्लोबल च्याप्टरलाई प्रदान गरेको डा. पौडेलले स्मरण गर्नुहुन्छ । उक्त रकमबाट यस अगाबै गोरखा, सिन्धुपाल्चोक, सिन्धुली र धादिङमा भत्केका पाँच वटा विद्यालय पुनर्निर्माण भइसकेका छन् । अझै पनि आवश्यकता अनुसार देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्य लागि सहयोगको जारी रहेको डा. पौडेलको दावी छ ।
यसै गरी डा. पौडेल अहिले चितवनको देवघाटको गलेश्वर आश्रम परिसरमा अशक्त वृद्धवृद्धाका लागि सामूहिक आवासको प्रबन्धसहित आश्रम बनाउने आगामी योजना छ । उक्त आश्रमको यस अगाबै शिलन्यास भईसकेको छ ।
एनआरएनएको हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका डा. पौडेलले एनआरएनएको आसन्न महाधिबेशनलाई लक्षित गरी अमेरिका , युरोप लगायतका विभिन्न मुलुकमा प्रचार प्रसार गरी सक्नुभएको पौडेल हाल नेपालमा प्रचार प्रसारमा सक्रिय हुनुहुन्छ । आफु चुनावी अभियानमा जुटेको र अब छिट्टै नेपालमा औपचारिक रूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।


पेशागत रुपमा सक्रिय चिकित्सा पेशमा संलग्न डा. पौडेलले चिकित्सक पेशा संग सँगै एनआरएनएको महासचिव पदमा उम्मेदवार वन्ने तयारीले विशेष गरी एनआरएनए अभियाकर्मी माझ चौतर्फी प्रशान्सा हुदै आएको छ ।
आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तरराष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा भर्चुवल मार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलकका तीन हजार ६०० प्रतिनिधि भर्चुवल मार्फत सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज