प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधी सभाको बैठक अवरुद्ध गरेको छ।
एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन्।
सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका हुन्।
















































