ईसाझा न्यूज, बांके
बाँकेको नेपालगन्जबाट प्रहरीले एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडां नं.६ बस्ने १९ वर्षिय लक्ष्मण शाही रहेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए।
खड्का अनुसार, बिहीबार राति करिब ९:३० बजेको समयमा वडा प्रहारी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उप- महानगरपालिका वडा नं.२ स्थित वागेश्वरी मन्दिर परिसरको पुर्व तर्फ रहेको पार्कमा आफुलाई प्रहरी हु भन्दै डर त्रास देखाई धम्क्याउदै सर्व–साधारण लाई सोधपुछ,चेकजाँच गरि अनावश्यक हैरानी दिई रहेको अवस्थामा शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।.
















































