काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ।
कांग्रेस पदाधिकारी बैठकले गरेको प्रस्तावका आधारमा निर्वाचन समितिले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति तय गरेको हो।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी निर्वाचन समितिले भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ५ गतेका लागि तोकेको जनाएको छ।
यस्तै, असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तय गरिएको छ भने असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तोकिएको छ।