Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

परासी वितरण केन्द्रले एक महिनामा १ करोड १० लाख रुपैयाँ बढी बक्यौताअसुली

Author Avatar साझा न्यूज 11th September 2021 , 2:01 PM
परासी वितरण केन्द्रले एक महिनामा १ करोड १० लाख रुपैयाँ बढी बक्यौताअसुली

नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले एक महिनामा १ करोड १० लाख रुपैयाँ बढी बक्यौता असुली गरेको छ । केन्द्रले चालु आर्थिक वर्ष २०७८/७९ को भदौको २४ गतेसम्मको अवधिमा सो बक्यौता असुली गरेको हो ।

लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरिएको केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए  । उनका अनुसार लाइन काटिएका ग्राहकमध्ये ३० जनाले जरिवानासहितको १ करोड १० लाख २८ हजार ६ सय रुपैयाँ बक्यौता बुझाएपछि उनीहरुको लाइन पुनःजोडिएको छ ।

बक्यौता बुझाउनेमध्ये सबैभन्दा बढी पवन ईटा उद्योगले ४५ लाख १ हजार १४ रुपैयाँ विद्युत महशुल बुझाएको छ । लुम्बिनी चिनी उद्योगले १७ लाख ८४ हजार ९ सय ५६, पातवारी बानियाँले ६ लाख ७ सय २३ रुपैयाँ बुझाएपछि लाइन पुन जोडिएको छ । यस्तै,  पशुपतिनाथ राइस एण्ड चिउरा मिलले १३ लाख रूपैयाँ बुझाएपछि लाइन जोडिएको छ । यसकाे १८ लाख ८६ हजार २ सय ६५ रूपैयाँ बाँकी थियाे ।  रिद्धिसिद्धी फनिर्चर उद्योग, बाल मैत्री  शिक्षा केन्द्र, तिरुपती इटा उद्योगलगायतका ग्राहकले बाँकी महशुल बुभाएपछि लाइन पुन जोडिएको छ ।

महसुल बुझाउन पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ग्राहकको लाइन काटि बक्यौता असुली सुरु गरिएको हो । दुई महिना भन्दा बढी समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली अभियानलाई तिव्र गतिमा अघि बढाइएको छ ।

केन्द्र अन्तर्गत विद्युत महसुल खपत बापत दुई अर्ब बढी रकम उठाउन बाँकि छ । जसमा डेडिकेटेड र ट्रकं लाईनबाट विद्युत सेवा लिने ठूला उद्योगको मात्रै झण्डै डेढ अर्ब रुपैयाँ महशुल उठ्न बाँकि छ ।

केन्द्रले विद्युत महसुल संकलन अभियानलाई तिव्र गतिमा अघि बढाएको छ । पहिलो चरणमा एक लाख रुपैयाँसम्म तिर्न बाँँकी हुनेको लाईन काटिनेछ,  दोस्रो चरणमा ५० हजारसम्मको लाइन काटि बक्यौता असुल गरिने केन्द्रले जनाएको छ ।

केन्द्रले गत आर्थिक वर्ष २०७७/७८ मा एक करोड २० लाख रुपैयाँ महसुल असुल गरेको थियो । केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत उपयोग गर्ने ४४ हजार ग्राहक छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज