काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो।
बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने बाताइएको छ ।
सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने जनाइएको छ।