Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीको निर्णयले चिढिए रावल

Author Avatar साझा न्यूज 14th September 2021 , 7:04 PM
ओलीको निर्णयले चिढिए रावल

काठमाडौं । सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पूर्व माओवादी नेता लेखराज भट्ट दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि नेकपा (एमाले) उपाध्यक्ष भीम रावल नराम्ररी चिढिनुभएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धताबाट ओली पछि हट्ने देखिएपछि रावलसहितका नेताहरू कुनै पनि बेला अकल्पनीय निर्णयमा पुग्ने देखिएको छ ।

पार्टीमा चर्किएको मतभेद मत्थर पार्न गत असार २७ गते मध्यरातमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संलग्नतामा बनेको कार्यदलले १० बुँदे सहमति जुटायो ।

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

समय क्रममा फेरि उपाध्यक्ष रावल झस्किने अवस्था सिर्जना भयो । १० बुँदे सहमति विपरीत अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भट्टलाई नै निरन्तरता दिने निर्णय लिएपछि रावलले झड्का महसुस गर्नुभएको छ । ओली र रावलबीच अविश्वास झनै बढेको छ ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले एमाले पार्टी पुनर्जीवित गराएपछि उपाध्यक्ष रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी तोकिएको थियो । अहिले पनि आफू नै इन्चार्ज रहेको भट्ट बताउनुहुन्छ । आफूलाई पार्टी अध्यक्ष ओलीले तपाईं नै सुदूरपश्चिमको इन्चार्ज भएको बताएको उहाँको भनाइ छ ।

पूर्व माओवादी नेतालाई काखी च्याप्ने, एमालेकै नेतालाई लखेट्ने नीति ओलीले लिएको भन्दै उपाध्यक्ष रावलसहितका नेताहरू फेरि विद्रोहको बाटोमा जाने सम्भावना टड्कारो बनेको छ ।

ओली निकट नेता विशाल भट्टराई भने त्यो सम्भावना देख्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पार्टीबाट अब कोही पनि बाहिरिँदैन, बरु अन्य पार्टीका मानिसहरू पनि एमालेमा आउने क्रम सुरु भएको छ ।’

यो त ओलीपथ पछ्याउनेको तर्क भयो, रावल भने अहिले सुदुरपश्चिम प्रदेशमा एमालेभित्र देखिएको अन्तरर्विरोध चिर्न लाग्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । ओलीको पछिल्लो निर्णयप्रति घुमाउरो पारामा आएको रावलको असन्तुष्टि हो यो ।

फेरि धोका पाएका रावलसहितका नेताले कुनै अकल्पनीय निर्णय लिएमा आश्चर्य हुने छैन । त्यो विद्रोह रोक्ने उपाय भनेको १० बुँदे सहमतिको इमान्दारीपूर्वक पालना नै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज