Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति विद्या भण्डारीलाई बाँचुञ्जेलसम्म नेपाली महिलाहरुले सोधिरहने एउटा गम्भीर प्रश्न !

Author Avatar साझा न्यूज 14th September 2021 , 7:51 PM
राष्ट्रपति विद्या भण्डारीलाई बाँचुञ्जेलसम्म नेपाली महिलाहरुले सोधिरहने एउटा गम्भीर प्रश्न !

— प्रीति रमण

हुन् त हाम्रो देश नेपालको राष्ट्राध्यक्ष नै नारी छिन् ! हाम्रो देशको प्रधानन्यायाधीश पनि नारी भइसकिन् । हाम्रो देशको सभामुख पनि नारी भइसकिन् । यस अर्थमा भन्नु पर्दा नेपाल नारीको सम्मान गर्ने सवालमा, नारीलाई पुरुषसरह अवसर दिने सवालमा अग्रपंक्तिमा रहेको छ भन्न सकिन्छ । तर नेपालका नारीहरु धेरै पछाडि छन् । नारीहरु अशिक्षित छन् । नारीहरु अधिकारबिहिन  छन्,  नारीहरु बच्चा जन्माउने साधन मात्रै बनेका छन् । नारीहरु भात पकाउने र बच्चा उत्पादन गर्ने साधन बाहेक अरु केही होइनन् भन्ने मानसिकताबाट अहिले पनि नेपाली समाज मुक्त भएको छैन ।

राष्ट्रपति, प्रधानन्यायाधीस र सभामुखसमेतको हैसियतमा पुगेका नारीहरुले नेपाली नारीहरुको लागि के गरे ? यो गम्भीर प्रश्न प्रत्येक नेपाली नारीहरुले गरिरहेका छन् । आपूmहरु उच्च पदमा पुगेर पनि नारीहरुको निम्ति किन केही गर्न सकिएन ? उच्च पदमा पुग्नेहरुले पनि आत्मासमीक्षा गर्नु पर्ने विषय हो ।

अफ्गानिस्तानमा महिलाहरुले तालिवानीहरुबाट नारी अधिकारको हनन् हुने दावी गरिरहेका छन् । अमेरिकाको प्रत्यक्ष र प्रत्यक्ष दुवै किसिमबाट शासित हुन पुगेका अफ्गानी नागरिकहरुबीच महिलाहरु अफ्गानिस्तानको संस्कृति अनुसार पछाडि परेका छन् ।  मुख छोपेर बस्नु पर्ने, स्कुलमा पढ्न नपाइने, सरकारी काममा लाग्न नपाइने जस्तो परम्परामा महिलाहरुलाई बाधिएको छ । त्यो बन्धनबाट मुक्त भएका महिलाहरुले नारी हकको लागि  आवाज उठाइरहेका छन् । अमेरिकी सेनाले अफ्गानिस्तानलाई बीस बर्षसम्म आफ्नो कब्जामा राखेर पनि त्यहाँ नारी स्वतन्त्रताको जग बसाल्न सकेको पाइएन । यसैबाट पनि स्पष्ट हुन्छ अमेरिकी सेनाले आफ्नो मिसन अफ्गानिस्तानमा पूरा भयो भने पनि उनीहरुको मिसन अफ्गानी जनताको हितमा रहेनछ भन्ने बुझ्न सकिन्छ ।

अफ्गानिस्तानकै अवस्थाको नेपाल रहेको छ । दुवै देश भूपरिवेष्ठित अवस्थाका छन् । दुवै देशमा सांस्कृतिक परम्परा अत्यन्त जटिल अवस्थाका छन् । हाम्रो देशमा मुख छोपेर हिड्ने संस्कार नभए पनि महिलाहरुले पुरुष सरह हक प्राप्त गर्न सकेका छैनन् । नेपालको संस्कृति र परम्पराले नै महिलाहरुलाई धेरै पछाडि पारेको छ । महिलाहरु चुला चौकामै सीमित हुनु पर्ने कारण के ? महिलाहरुको विकास र स्तर उन्नतिको निम्ति राज्यले ध्यान नदिएकै कारणबाट यस्तो अवस्था रहेको छ । स्पष्ट साथ भन्न सकिन्छ कि नेपालमा महिलाहरुको अधिकार सुरक्षित छैन ।

अफ्गानिस्तानमा नारी र पुरुषले एउटै विद्यालयमा पढ्न पाउँदैनन् भन्ने गरिन्छ । मुस्लिम धर्मावलम्बीमा रहेको धार्मिक कट्टरताले यो अवस्था रहेको  छ । नेपालमा पनि नारीहरुलाई मात्रै शिक्षा दिने विद्यालयहरु पनि छन्, कलेजहरु पनि छन् । धेरै पुरानो कलेज मध्येको बागबजारको पद्मकन्या (पीके) बहुमुखी क्याम्पस अहिले पनि छ । कतिपयले ‘महिला विश्वविद्यालय’ पनि भन्दा रहेछन् यस कलेजलाई  । अन्य सरकारी कलेजहरु भन्दा पद्यकन्या धेरै फरक छ । कलेजका  हरेक भवनमा ‘महिलाको सशक्तिकरण’ लेखेको पाइन्छ । तर महिला सशक्तिकरणका निम्ति राज्य के ग¥यो ? यो प्रश्न प्रत्येक महिलाहरुमा रहनु स्वाभाविक हो । राज्यले केही गर्न सकेको छैन । महिला अधिकारका विषयमा चर्का चर्का भाषण गरेर महिला नेतृ हुँदै राष्ट्रपति सम्म पुगि सक्दा पनि महिला सशक्तिकरणका लागि राष्ट्रपतिबाट कुनै उल्लेख्य काम भएको पाइएको छैन । दुई कार्यकाल राष्ट्रपति भइसक्दा पनि महिला सशक्तिकरणका निम्ति सामान्य अभियान समेतको अगुवाई गर्न नसक्नु नारी भएकै कारणले देखिएको कमजोरी हो त ?

छोरीलाई पढाएर शिक्षित बनाएर अन्ततः विवाह गरेर अर्काको  घरमा पठाउनै पर्छ । छोरीको भाग्य के हो ? यसैबाट स्पष्ट हुन्छ । अर्काको घरमा गइसकेपछि त्यो नयाँ घरमा सबै परिवारका सदस्यहरुलाई आफ्नो सम्झेर व्यवहार गर्नु छोरीको कर्तव्य बन्न जान्छ । यो नियती राष्ट्रपति विद्याभण्डारीले पनि भोगेको नियती हो । यो नियतीबाट महिलाहरुले मुक्ति पाउने कसरी ? छोरीहरुलाई अर्काको घरमा जानै पर्ने बाध्यता किन ? अर्काको घरमा अरु सबैको प्रिय बन्नको लागि  शिक्षित भएर मात्र नपुग्ने, सबैको सेवाका निम्ति सक्षम हुन आवश्यक रहने । तर अर्काको घरमा आएकी छोरीलाई सबैको माया, सबैको सहयोग असम्भव हुन्छ । यो अवस्था नेपाली नारीहरुको यथार्थ हो । प्रत्येक नेपाली नारीहरुले भोग्नु पर्ने यो बाध्यता हो । यो कूसंस्कारबाट नेपाली नारीहरुलाई कसरी मुक्त गराउने ? नारी राष्ट्रपति भएको देश ! महिलाहरुको अधिकारका निम्ति लडेर विकसित भएको नेतृत्वले शासन गरेको देश ! यो देशमा नारी अधिकारका निम्ति के भयो ?

छोरी जन्मनासाथ उसको मनोविज्ञान नै कमजोर बनाइन्छ । स्कूल पठाउन अभिभावकहरुले आवश्यक महसुस गर्दैनन् । स्कूल पठाइ हाले पनि छोरीले पढ्ने स्कूल भन्दा अलि सामान्य खालको स्कूल रोजाईमा पर्छ । छोरीको मनोविज्ञान अर्काको घरमा विवाह गरेर जाने जात भनेर कमजोर बनाइन्छ ।  यसरी जन्मे देखि नै कमजोर बनाइदै आएका छोरीहरु अन्ततः अर्काको घरमा पुग्नु पर्ने बाध्यता हुन्छ । शिक्षामा कमजोर, सेवा र चाकडीमा अभ्यस्त बनाएर विवाह गरेर पठाइन्छ । तयार बनाइएको मनोविज्ञान अनुसार अर्कोको घरमा सेवा गर्ने बाहेक अरु हुन सक्दैन । बच्चा जन्माउन आएकी हुँ भन्ने मनोविज्ञान पनि नारीको विवसता हुने हुने गर्दछ ।

अझ दाइजो र तराईमा दिइने तिलकको प्रचलनले  नेपाली नारीहरुलाई बाँच्न पनि कठिन बनाएको छ । विवाह भएर गईसकेपछि त्यो घरमा आफ्नो हैसियत कायम गर्न नारीलाई कठिन हुन्छ । महिलाको कमजोरीलाई पुष्टि गर्न बनाइएको कुसंस्कार हो  दाइजो र तिलक प्रथा । महिला आर्थिक, शारीरिक र अरु जे–जे छन् सबै दृष्टिकोणबाट कमजोर भएकाले केटा पक्षलाई खुसी बनाउन दाइजो र तिलकसँग छोरी ‘बेच्ने’ संस्कारविरुद्ध  महिला राष्ट्रपति दुई कार्यकाल  बिताएको हाम्रो देशमा के विकास गरियो ? पढाइ, सीप र तालिमबाट महिलालाई दक्ष बनाएर बाबुआमाले आफ्नी छोरीको सक्षमतामा गर्व गर्नुपर्छ । तर यी सबै अभावमा छोरीले छोरीको जीवन वर्वाद हुन्छ भन्ने तर्फ सबै बाबु आमाको सोच हुन्छ भने राष्ट्राध्यक्षको हैसियतले सबै नारीहरुको अभिभावक हुँ भन्ने भावना राष्ट्रपतिमा किन भएन ? यो प्रश्न राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिबाट अवकाश पाएपछि पनि नेपाली नारीहरुले बाँचुञ्जेलसम्म सोधिरहनेछन् !-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज