काठमाडौं । गोसाईकुण्ड युवा समाजको आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ ।
‘समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि माननीय पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय समृद्धिको खुशी र सुखीको कार्य गर्नका लागि बहस पैरवी गर्नुपर्ने धारणा राखे । विश्वको अत्यन्त सुन्दर देश मध्ये नेपाल पनि एक हो । जसको समृद्धि पर्यटनबाट सम्भव छ, तसर्थ सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्धनमा स्रोत र साधनको प्रयोगमा जोडदिनु पर्ने धारणा पूर्वमन्त्री फुँयालले राखे ।
फुँयालले भने — राजनेता मदन भण्डारीको कुराले चिउरा विक्दैन काम गर्नुपर्छ कामका सन्दर्भमा अहिले ७ सय ५३ वटा स्थानीय तहले राम्रो कार्य गरिरहेको छ । महामारीमा मात्रै नभई अन्य विकास, निर्माणका काममा समेत धेरै राम्रो कार्य भइरहेको छ । राष्ट्रको हितको सन्दर्भमा राज्यले बोल्नु आवश्यक रहेको जनाउँदै अहिले धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा २७ फिट अग्लो शिवको मुर्ति तथा अमरसिंह थापाको सालिक बनाइने छ ।
कार्यक्रमका अतिथि समाज सेवी, गोसाईकुण्ड खानेपानीका संस्थापक तथा गोसाईकुण्ड युवा समाजका सल्लाहकार मणिराज डंगोलले आजभन्दा करिव १४ बर्ष अगाडि स्थानीयमा रोजगारी सृजना गर्नका लागि आक्वा गोसाईकुण्डको स्थापना गरेको जनाउँदै नेपालको इतिहास, भुगोल, सांस्कृतिक सम्पदाको बेलैमा पहिचान गर्नुपर्ने धारणा राख्दै गोसाईकुण्ड र कागेश्वरीको संगम स्थलबारेमा प्रस्ट्याउनु भयो ।