Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक दिन पालिकाको अध्यक्ष बनेकी किशोरीको कथा, जो आफैँ केही गर्न चाहन्छिन्


एक दिन पालिकाको अध्यक्ष बनेकी किशोरीको कथा, जो आफैँ केही गर्न चाहन्छिन्

विराटनगर । राष्ट्रिय बाल दिवसको दिन एक बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाएर एउटा नयाँ अभ्यास गराईयो । उनलाई गाउँपालिकाको बोर्ड बैठक राख्नेदेखि बालबालिकाको बारेमा महत्वपुर्ण निर्णय गर्ने सम्मको अधिकारी दिईएको थियो ।

आर्थिक र प्रशासनिक काम बाहेकका अधिकार सहितको एउटा अभ्यास गराएको मोरङकोे बुढिगंगा गाउँपालिकाले एक दिनको लागि १६ बर्षिय बालिकालाई पालिकाको अध्यक्ष बनाएको थियो । बुढिगंगा गाउँपालिका वडा नम्बर २ की अस्मिता ऋषिदेब देशकै नमुना सांकेतिक पालिकाको अध्यक्षको भुमिकामा रहिन् ।
को हुन् सुस्मिता ?
सुस्मिता ऋषिदेब बुढिगंगा गाउँपालिका वडा नं २ की स्थायी बासिन्दा दलित समुदायकी किशोरी हुन् ।

तराईको दलित समुदायको प्रतिनिधित्वगर्ने १६ बर्ष भर्खर पार गरेकी छिन् । उनका बुबा रुपचन्द ऋषिदेब हुन भने उनीकी आमा राजकुमारी ऋषिदेब हुन् । उनको एउटी दिदी र एउटा दाई छनछ् । उनी हाल श्री नरग्राम नमुना माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

सिविन–नेपालमार्फत साविकको टंकीसिनवारी गा.वि.स तथा हालको बुढिंगंगा गाँउपालिका वडा नं १, २ र ३ मा संचालित बालबिबाह बिरुद्धको हेयर च्वाईस परियोजनामार्फत गठन भएको रक्षा किशोरी समुहमार्फत सामाजिक क्षेत्रमा उनी सक्रिय भएर आएकी हुन् । बिभिन्न बाल क्लबहरुमा आबद्ध हुँदै आएकी सुस्मिताले जनचेतनाको क्षेत्रमा सामाजिक अभियान्ताको रुपमा काम गर्छिन ।

किशोरी समुहको अध्यक्ष समेत रहेकी सुस्मिता किशोरी समुहलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय किशोरी संजालको सह–सचिवकोभुमिकामा रहेकी छिन् ।
तराईको एकदमै पछाडी पारीएको गरीब तथा दलित परिवारमा हुर्किएकी सुस्मिता ऋषिदेबको परिवार एकदमै कमजोर आर्थिक अबस्थाको छ । ऋषिदेब समुदायका बालबालिका त्यसमा पनि बालिकाहरु कक्षा ५ देखि कक्षा ८ सम्म पुग्दा नपुग्दै बिद्यालय छोड्ने बिभिन्न अध्ययनले देखाउँछ ।

सुस्मिता भने एउटा असल र सक्षम नागरिक बन्ने अठोटका साथ उनी अध्ययनरत छिन । यो समुदायमा बाल बिबाह, तथा बालश्रम ठुलो समस्याको रुपमा रहेको छ। सानै उमेरमा हुने बिवाह र बालश्रममा पनि संलग्न हुँदा ऋीषदेब समुदायका बालबालिका देखि अभिभावक पनि शिक्षाबाट बञ्चित रहेकोे सिबिनका बासु अधिकारी बताउँछन् ।
सविन नेपालले बिगत ३३ बर्ष देखि बालअधिकार प्रबद्र्धन तथा बाल संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा सुस्मिता ऋषिदेब जस्ता थुप्रै बालबालिकाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गरेको अधिकारीको भनाई छ। कतिपय बालबालिका आज किशोर, युवा तथा प्रौढ हुदै समाजका बिभिन्न क्षेत्रको नेतृत्वगर्ने स्थानमा रहेको अधिकारी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि