Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

Author Avatar साझा न्यूज 15th September 2021 , 2:20 PM
दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीसँग बताए ।

‘दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन । सम्भवत अबको एक दुई दिनभित्रै यसको निर्णय हुन्छ र हामी टिकट बुकिङ खुल्ला गर्छौ’ कँडेलले भने ।

त्यसो त भदौ अन्तसम्म पनि वर्षात् नरोकिएका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ ठाउँमा अवरोध आउँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा परेको र अहिले नै सर्वसाधारण यात्रुहरूलाई नियमित उडानकै लागि टिकट पाउन मुस्किल परिरहेको कँडेलको भनाई छ ।

यस्तो समस्या ठूला जहाज चल्ने रुटमा परिरहेको कँडेलको भनाई छ । काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको उनले बताए । जसले गर्दा यस पटकको दसैँ तिहारमा समेत हवाई यात्रुहरूको उच्च चाप पर्ने देखिएको उनको भनाई छ ।

साथै, ट्रङ्क रुट (साना, न्यारो बडी जहाज जाने) कर्णाली, लुक्ला, सिमिकोट, रामेछाप लगायतका क्षेत्रमा जाने जहाजमा पनि यस्तै चाप पर्ने देखिएको कँडेलले बताए ।

हाल डोमेष्टिक (आन्तरिक) उडान तर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज