बुटवल। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन् । आज बुटबलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन् ।
उनले भने, ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो । देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।’
यसैगरी एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने पनि उनको दाबी छ ।