काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्।
इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।