Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वाधीनता,शान्ति, सद्भाव र सम्बृध्दि दिन असमर्थ बन्दैछ संबिधान


स्वाधीनता,शान्ति, सद्भाव  र सम्बृध्दि दिन असमर्थ बन्दैछ संबिधान

-लोकनारायण सुबेदी

झण्डै एक दशकको बिसंगतिपूर्ण उतार-चढाव पछि ठूलाे भूकम्पकाे कोलाहल र पीडाका बीच एक थान संविधान त आयो २०७२ असोज ३ गते । तर संविधान सभाको गरिमा र गौरबलाई खुइल्याएर त्यसप्रतिनै बितृष्णा जाग्नेगरी त्यहाँ पुगेका राजनीतिक दलहरुलेदुइ दुइ पटक यसको नराम्रोसँग हुर्मत लिएपछि अबाञ्छित द्वन्द्व र दमनको श्रृङ्खलाकाबीच संविधान सभाबाट संबिधानको घोषणा भएको थियाे । ब्यापक राष्ट्रिय सहमतिको पृष्ठभूमि बनाएर यो आउन सकेन । त्यस्तो परिबेश र परिप्रेक्ष बनाउने ठोस प्रयत्न पनि गरिएन । बरू त्यस्तो अनिश्चय र अराजकताको माहोल बीच आएको यो संविधानको जयगान शुरु गरियो र अहिले पनि गरिदैरहेको छ ।

 

त्यसबेला यसले समाधान दिन नसकेका र भावी दिनमा त्यसले ल्याउने परिणामबारे कुनै ठोस र बस्तुगत बिश्लेषण नगरी यो संबिधान स्तोत्रपाठ गर्न शुरु गरिएको थियाे । वास्तबमा यसको समर्थन र बिरोधमा बस्तुगत यथार्थभन्दा बढीयसमा पूर्वाग्रह, प्रतिशोध, गलत शैली र पुरानै बाटोमा फर्काउन खोज्ने मुढाग्रहले समेत काम गरिरहेको छर्लङ्ग देखिन्छ ।यी सबै मनोबैज्ञानिक कुराका पछाडि बाह्य तत्वको प्रभाव पनि कतै निकै गाढा र कतै हल्का किसिमले मिसिएको कुरा समेत जगजाहेर नै छ । आजको दुनियाँमा यसलाई कसैले हिजोको जस्तो लुकाउन छिपाउन पनि सक्तैन । त्यसैले घोषित नयाँ संविधानले स्वाधीनता, समृद्धि र शान्ति दिन सक्ला त ? भन्ने ज्वलन्त प्रश्न त्यतिबेलै खडा भएको थियो र त्यो प्रश्न अहिले पनि ज्वलन्तरूपमा उठिरहेको छ र यो संबिधान र यसले खडा गरेको ब्यवस्थामाथि नै अब प्रश्न उठ्न थालेको र बिकल्पको माग हुन थालेको छ ।

 

अन्य महत्वपूर्ण बिषयका अतिरिक्त यो संविधान सभाको मुख्य बिवादकोबिषय संघीयतालाई बनाइयो र त्यसबाटजनतालाई उक्साउने भड्काउने र संकीर्ण स्वार्थ सिद्ध गर्ने काम पनि गरियो । त्यो समस्या अहिले पनि अन्तिम टुंगोमा नपुगी कायमै छ । वास्तवमा यो बिवाद आइसके पछि यसका बारेमा ब्यापक, गम्भीर,सार्थक अध्ययन र बिचार बिमर्श गरेर जनतालाई परस्पर सहयोगी र सौहार्द्रपूर्णरुपमा अझ बढी सुदृढ किसिमले कसरी एकताबद्ध तुल्याउन र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकिन्छ भन्ने कुराको खोजी गर्नुको साटो एकथरीले हिजोकै असफल भईसकेको केन्द्रिकृत एकात्मक सामन्ती पद्धतिकै अनुसरण गर्ने प्रत्यक्ष परोक्ष वकालत गर्दै संघीयता भनेको बिभाजन, बिखण्डन र बिभेदको बाटो हो भन्ने धुँवाधार प्रचार गर्न थाले भने अर्कोथरिले यसलाई सबै किसिमका शोषण उत्पीडन र बिभेदको अन्त्य गर्ने मूल बाटो हो भन्ने मनगढन्ते कुरा गर्नथाले । यद्यपि तिनले कुनै ठोस आधार,मूल्य र बिचार पद्धतिमा रहेर त्यसको औचित्य र आवश्यकताको बोध गराउन सकेनन् र सक्ने पनि थिएनन् । किनभने यी दुइ अतिबादी सोचका अतिबादी ध्रुब थिए र अतिबादी मनोबिज्ञानबाट देश र जनतालाई अल्मल्याउने र फाइदा उठाउने काम संबिधान निर्माणको त्यो आठ बर्षयता धेरै नै भयो । जसको परिणाम अहिले पनि समाज बिभाजित छ । परस्पर अबिश्वासको बिजारोपण भएको र एक अर्कामा सन्देहको स्थिति सिर्जना गरिएको छ । यसको कारण देशको राजनीतिक परिवर्तनलाई ब्यापक जनता र देशको राष्ट्रिय हितमा ‘दूरदृष्टि र प्रष्ट उदेश्य’ अर्थात् ‘भिजन र मिशन’लाई गुमराह गर्ने ठूला दल र तिनका पछि पछि पद, पैसा,प्रतिष्ठा के के न पाईन्छ भनेर दगुर्ने दास मनोबृत्तिका तथाकथित बुद्धिजीवीहरु हुन् भन्ने कुरा प्रष्ट छ । यसमा आम नेपालीजनताको कुनै दोष छैन ।

 

संघीयतालाई परिवर्तित नेपालको आजको बिकासको लागि आवश्यक र उपयोगी संरचना मान्नेहरु पनि धेरैजसोहचुवा तरिकाले जथाभावी रेखा कोर्दै हिडे । एकथरीले भौगोलिक–प्रशासनिक रुपमा यसलाई बढी तन्काउन खोजे भने अर्कोथरीले साँस्कृतिक मनोबैज्ञानिक पक्षलाई बढी जोड दिने काम गरे । जब कि यी दुबै पक्षको समन्वयले मात्र सही किसिमले संघीय संरचना बन्थ्यो, बन्छ र त्यसले नेपाली जनतामा नयाँ किसिमले एकता, समभाव, परस्पर सद्भाव र सहयोगी प्रबृत्तिलाई अझ बढी प्रभावकारीरुपमा अघि बढाउन मद्दत पुग्दथ्यो, पुग्दछ । तर बिकृत रुपमा संघीयताको मुद्दालाई उछालेर चल्दा आज पनि देशका धेरै जनसमुदाय खासगरी मधेशी र जनजातिहरु असन्तुष्ट अवस्थामा छन् । अवाञ्छित मुठभेडले जन धनको ठूलो क्षति भइसकेको छ ।साम्प्रदायिक र सामुदायिक ध्रुबीकरण बढ्दै गएको छ । यस्तो स्थिति र सत्ताको लुछाचुँडीको अनन्त र अबाञ्छित खेलतमासाले गर्दा बिदेशी शक्ति केन्द्रहरुले नेपालमा प्रवेश गर्ने र परेड खेल्ने थप नयाँ आधार पाइरहेका छन् । यो वास्तवमा कथित मूलधारका राजनीतिक नेतृत्वको अदूरदर्शीता र घोर लाचारीपनाकै दुष्परिणाम हो । यसले गर्दा नेपालका भावी दिनहरु सहज र सुनिश्चित नरहने स्थिति कायमै छ । नेपाली जनताको एकतालाई सुदृढ तुल्याएर त्यसबाट उर्जा प्राप्त गर्ने दूर दृष्टिको राजनीतिक नेतृत्वको अभावमा फेरि पनि नेपाल र नेपाली जनता यो असहज बाटोमा हिड्न अभिशप्त छ ।

 

हुन पनि प्रष्ट परिभाषाका साथ पारदर्शी किसिमले पहिचानलाई ब्यापक अर्थमा नलिई यसलाई साँघुरो जातिबादको घेरामा बन्दी बनाएर ब्याख्या गर्ने गर्दायो पहिचान अहिले पनि केवल शब्दमा मात्र सीमित हुन पुग्यो । त्यही कुरा सामर्थ्यको हकमा पनि लागू भयो । यद्यपि पहिचान र सामर्थ्य शब्दलाई संविधानले फराकिलो अर्थमा नभै संकीर्ण अर्थमा अहिले पनि काखी च्यापेकै छ । पहिचान भनेको ‘जातीयता’ र सामर्थ्य भनेको ‘थोरै प्रदेश’ भन्ने अर्थमा मात्र यसलाई साँघुरो हिसावले लिइएको देखिन्छ भने यी दुबै कुरालाई अस्वीकार गर्ने बहुपहिचानको अर्को भ्रान्त धारणा पनि रहेकै हाे । वास्तवमा पहिचानलाई सभ्यता बिकासको आधारमा परिभाषित गरेको भए नृबंश, मूल्यपद्धति, भाषा, धर्म, सँस्कृति, इतिहास,परम्परा, आर्थिक जीवन, समुदायको मनोबैज्ञानिक संरचना, र निश्चित भूखण्डको परस्पर मानबीय सम्वन्ध तथा तिनको साझा अपेक्षा जस्ता कुरा समेटिने थिए । तर त्यसो नगरेर जातियताका आधारमा एकातिर त्याे उरालियो । अर्कोतिर भौगोलिक प्रशासनिक आधारमा संघीयताको नाम दिएर बिकेन्द्रीकरणमा मात्र सीमित गर्ने बाटो पक्रिन खोजियो ।

 

यसरी सिद्धान्त एउटा बनाउने र बाटो अर्को पक्रिने गर्दा समस्या उठेको र सन्देह पैदा भएको प्रष्ट छ । अहिले उत्पन्न भएको समस्याको आधार पनि त्यही नै हो । वास्तवमा अधिकार सम्पन्न संघीय संरचनामा जाने र तलैदेखि शासनप्रशासन सञ्चालनमा जनताको सक्रिय सहभागिता, सुगम हुने हिसावले यसको संरचना गर्दा जन सद्भाव त अझ सुदृढ हुन्थ्यो नै किनकि त्यसले स्वशासन सहितको बिकासको बाटो खोल्दथ्यो । वास्तवमा जनताले चाहेको त बस्तुतः छिटो छरितो बिकास, अग्रगति र सुनिश्चित भबिष्य नै हो । यस प्रकारको संघीयताले लागतखर्च पनि कम हुन्थ्यो । जुन कुराको बन्दोबस्त यो संविधानले गर्न सकेको छैन र अधिकार कम हल्ला मात्र बढी हुने देखिएको छ ।

 

आजको बिश्वमा ‘बिगर इज बेटर’ भन्ने औद्योगिक क्रान्तिको जमानाको कुराभन्दा ‘स्मल इज ब्यूटिफुल’ भन्ने नयाँ जन सुगमता र जन आधारित मान्यताले बिकासका लागि मानबीय र श्रोत साधनको परिचालन र परिणाम राम्रो, किफायती र प्रभावकारी हुने महत्वपूर्ण कुरालाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नु अत्यावश्यक थियो । यस आधारमा गरिएकाे भए बिकासमा जन सक्रियता बृद्धि हुने बातावरण बन्न गई संघीयताको लागतमा पनि कमी आउने थियो । अनि सामाजिक सद्भाव कायम गर्न र शासन–प्रशासन चलाउन पनि बढी सहज हुने थियो । तर आफुलाई मूलधारमा रहेका हौ भन्ने दलहरुले यो कुरा बुझ्नै चाहेनन् । ‘ब्यवस्थापकीय शासन’ को आजको जमानाको अबधारणा र आवश्यकतालाई बुझ्न बुझाउन नचाहने र पुरानै मानसिकतामा रहेको हाम्रो राजनीतिक नेतृत्वले साना राष्ट्रहरु र त्यहाँको सुन्दर ब्यवस्थापनले ठूला राष्ट्रहरुको भन्दा छिटो, छरितो, किफायती र सुगम किसिमले उल्लेख्य बृद्धि दरका हिसावले बिकास गरेको यथार्थलाई आत्मसात गर्न सकेनन् । केवल प्रदेशको प्रशासनिक र सरकारी खर्चको वरिपरि मात्र तिनको आँखा लाग्यो र केन्द्रित भयो । जनतालाई हरेक किसिमले अधिकार सम्पन्न तुल्याउन सकिने वास्तबिकताको आधारमा नभै भावनात्मक आवेगका आधारमा मनोगतबादी छायाँ संघर्ष चलाएर समस्याको समाधान हुदैन ।यसरी देश र जनता बलियो हुदैनन् । भइरहेका छैनन् ।

 

यसरी घोषित संविधानले पनि यो समस्यालाई सही किसिमले समाधान दिने मार्ग प्रसस्त गर्न सकेन भने संविधान सभावाट संविधान बनाउने र घोषणा गर्ने जनताको चीर आकांक्षा बाहेक अरु सबैजसो कुरा निरर्थक साबित हुन पुग्ने खतरा बढ्दो छ । जनताले आफुलाई हरेक किसिमले अर्थात् राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक रुपमा सबल, सक्षम, सार्थक भएर यथार्थमा सार्वभौम हुन चाहेका हुन् । खोक्रो सार्बभौमिकताको राग रटिरहन र आफु सँधै कमजोर रहीरहन चाहेका होइनन् । यस आधारमा संविधानको समीक्षा गर्दै जनतालाई साँच्चै नै बलियोबनाउने दिशामा यसलाई अहिले नै परिमार्जन गरिहाल्नुपर्दछ र निरन्तर गर्दै जाने प्रक्रियालाई गति दिइरहनुपर्दछ । नेपाललाई सँधै प्रूयोगशाला बनाइराख्ने कुनै पनि बहाना कसैलाई दिईनु हुँदैन । त्यो बिकासको होइन बिनाशको बाटोहो भन्ने यथार्थलाई जिम्मेवार सबैले बेला नभिड्किदै आत्मसात गर्नुपर्दछ । अनि संविधान दिबसमा यसको स्तोत्र पाठ गरेर मात्रै केही हुदैन । यसलाई जनता र मुलुकको हित हुने गरी ब्यवहारमा लागू हुन सक्ने र ब्यवहारमा सार्थकरुपमा खरो उतार्ने सकिने हुनु पर्दछ । अन्यथा बिकल्प अनिबार्य हुन्छ । यो इतिहासको नियम नै हो । सही नेतृत्व पायो भने बिकल्पले जनता र राष्ट्रलाई सुनिश्चित भबिष्यको अग्रगामी दिशामा डोराउन सक्छ । अन्यथा बिनाश र अनिश्चितताको अँध्यारो सुरङमा मुलुक नराम्री फस्ने अबाञ्छित दुष्परिणाम प्रकट हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

भर्खरै प्रकाशित

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि