क्युसु/जापान । जापानको फुकुओकामा एक जना नेपाली विद्यार्थीको असामायिक निधन भएको छ ।
नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएकी हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत फुकुओकाको इजिरिमा बस्ने भएको अर्चना भुर्तेलको निधन भएको हो ।
स्रोतका अनुसार उनले आफैँले मृत्युको बाटो रोजेकी हुन् । उनि आज (सोमबार ) बिहान आफ्नै रुममा मृत भेटिएकी हुन् । नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राणाद्वारा प्राप्त जानकारी अनुसार, उनले घाँटीमा पासो लगाई आत्माहत्या गरेकी हुन् ।