काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा केही बेरमा बस्दै छ । मन्त्रिपरिषद विस्तार लगायतका विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।
मंगलबार दिउँसो मात्र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
त्यसपछि गठबन्धनको बैठक बोलाइएको हो। भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ।
यद्यपि सर्वाेच्च अदालतले माधव नेपालविरुद्ध दर्ता भएको मुद्धाको छिनोफानो गर्न ढिला गरेको कारण पनि सरकारलाई पूर्णता दिन थप ढिलाई हुनसक्ने नेताहरुले बताएका छन् ।
















































