प्रायः हरेकको भान्सामा पाक्ने च्याउ स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । घरमा वा फार्ममा व्यवसायिक रुपले उत्पादन गरिएका च्याउमा भिटामिन ‘बी’सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ ।
च्याउमा सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड प्रशस्त मात्रामा पाइन्छ । तर, च्याउमा क्यालोरी अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट अर्थात युभी किरण दिएपछि भिटामिन ‘डी’ पर्याप्त बनाउन सकिन्छ । संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् ।
तीमध्ये १० प्रतिशत च्याउसँग मात्रै हालसम्म मानिसको ज्ञान र पहुँच छ । कतिपय च्याउले हाम्रो शरीरको रोगप्रतिरोधात्क क्षमतालाई अद्भूत तरिकाले बढाउँछ । तर, अर्गानिक तरिकाले साह्रै सावधानीका साथ फलाइएको च्याउ मात्रै खानुपर्छ ।
उच्च रक्तचाप भएकाले प्रयोग गर्ने पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ । यस कारण उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन ‘डी’ पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो ।