काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथग्रहण गराएकी हुन्।
मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका थिए ।