सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरेको मुद्दा लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद सुवेदीको एकल इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो।
गत असार १ गते कोठा भाडा दिने पक्कापक्की भइसकेपछि जात थाहा पाउनासाथ सुनारलाई प्रधानले कोठा नदिने भनेकी थिइन्।