काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सबै जिम्मेवारीमा नरहेको घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
गौतमले बुझाएको राजीनामा स्वीकृत नभएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । एमाले निर्वाचन आयोगमा बुझाएको विवरणमा गौतमको नामसमेत समावेश छ ।
निर्वाचन आयोगमा बुझाएको विवरणमा गौतमको नाम रहेकाले राजीनामा अस्वीकृत भएको बुझिएको नेताहरुले बताएका छन् ।