Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भोलि शुक्रबारदेखि नेपाली कांग्रेसकोवडा अधिवेशन शुरू

Author Avatar साझा न्यूज 24th September 2021 , 3:03 PM

काठमाडौं ।

नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदै छ । मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत पहिलो चरणमा वडा अधिवेशन हुन लागेको हो ।

एकसाथ ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएपछि शुक्रबार अधिवेशन हुन नसकेका वडाहरूको २७ गते हुने भएको छ । कांग्रेसले गाउँ/नगर अधिवेशनअगावै उपयुक्त समयमा वडा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको बताएको छ ।

जिल्लामा वडादेखि टोल तहसम्म अधिवेशनको चहलपहल भइरहँदा राजधानीमा भने केन्द्रीय नेतृत्व हत्याउने सरगर्मी बढिरहेको छ । नेतृत्वमा आउन चाहने आकांक्षी केन्द्रीय नेताहरू दैनिक गुट – उपगुटको बैठक र छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने ध्याउन्न भित्री रणनीति मजबुत बनाउँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहभित्र साझा उमेद्वार बन्ने प्रयत्नमा जारी राख्नुभएको छ । अब पछाडि नफर्कने भन्दै उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गर्दै सम्पर्क कार्यालय राखेर तयारी तीव्र बनाइरहनुभएको छ । महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि नेतृत्वमा आफ्नो दाबीमा अडिग देखिनुभएको छ । कांग्रेसभित्र तेस्रो धारका रूपमा आफ्नो समूह बनाउनुभएका नेता कृष्णप्रसाद सिटौलाले पनि नेतृत्वको दाबी गरिरहनुभएको छ ।

कांग्रेस महाधिवेशनमा दुईभन्दा बढी सभापतिका उम्मेदवार भएमा १३औं महाधिवेशनको जस्तै दोस्रो चरणमा मतदान गर्नुपर्ने अनुमान गरिएको छ । कांग्रेस विधानमा दुईभन्दा बढी उम्मेदवार भएमा सभापतिमा निर्वाचित हुनको लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

१३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला तीन जनाले सभापतिको दाबी गर्दै उम्मेदवारी दिनुभएका थिए । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेकोले दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र पौडेलबीच प्रतिष्पर्धा भएको थियो । अघिल्लो महाधिवेशनमा पहिलो चरणमा ३ हजार १ सय ४८ मत खसेकोमा देउवाले १ हजार ५ सय ६४, पौडेलले १ हजार १ सय ६० र सिटौलाले ३ सय २४ मत पाउनु भएको थियो । अरू मत भने बदर भएको थियो । दोस्रो चरणमा देउवाले १ हजार ८ सय २२ र पौडेलले १ हजार २ सय ९६ मत ल्याउनुभएको थियो । विधानअनुसार दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने विजयी हुने व्यवस्था छ ।

अहिले १४औं महाधिवेशनमा करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने भएकाले यही हाराहारीमा मत खस्ने अनुमान छ । केन्द्रीय सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा २२ सय ५० भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ । त्यसैले केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरूको ध्यान अहिले महाधिवेशन प्रतिनिधि छनोटमा रहेको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने क्षेत्रीय अधिवेशन असोज ५ गते हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज