साझा न्यूज । तौलिहवा
नेपाली कांगे्रस कपिलवस्तु नगरपालिका ३ को वुथ सभापतिमा प्रा. डा विकास सिंह निवार्चित भएका छन । डा सिंह यस १४ औं महाधिवेशनमा नेपालको पहिलो पिएचडी डाक्टरको रुपमा निर्वाचित वुथ सभापति हुन् ।
शुक्रवार भएको मतदान मा उनले आफनो प्रतिस्पर्धीलाई १ मतको अन्तरका साथ विजय भएका छन् । निर्वाचन प्रकृयाका डा. सिंहका प्रतिस्पर्धी निर्मल दाहालले आफनै मत हाल्न विर्सिएका थिए ।
२ सय २५मतदातामध्ये १ सय ६२ जनाले मतदान गरेका छन् । जसमध्ये ९ मत वदर भएको थियो । प्रा.डा सिह हिनान युनिभरसिटि चीनका प्रोफेसर रुपमा काम गर्दै आएका छन् । तर अब आफ्नै गाउं ठाउंमा बसेर नेपाली कांग्रेसको सक्रिय राजनिति गर्ने सोचमा उनी छन् ।
अव कांग्रेसलाई युवा पुस्ताको खांचो छ भन्ने महसुस भएकाले अव नेपालमै वसि नेपाली कांगे्रसको राजनिति गर्ने सोचमा छु, नव निर्वाचित सभापति सिंहले भने । नेपाली कांगे्रसको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशन भदौ १८ वाट शुरु भएको हो ।