वाणगंगा (कपिलवस्तु) । साझा न्यूज
क्षेत्रीय प्रतिनिधी बन्न बुथमै घेरावन्दी गरी अवरोध सृजना गरे पनि नेपाली कांग्रेसका युवा नेता आशीष शर्मा निर्वाचन प्रक्रियाबाटै क्षेत्रिय प्रतिनिधीमा निर्वाचित भएका छन् । शुक्रवार वाणगंगा नगरपालिका वडा नं. १० पटनामा सम्पन्न वडा अधिवेशनमा ८१ मत प्राप्त गरी युवा नेता शर्मा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विजय खनालले ६८ मत प्राप्त गरेका थिए ।
पराजित उम्मेदवार खनालले आफुलाई उम्मेदवार बनाउन कांग्रेस नेताहरुबाट दबाव सृजना गरिएको बताए । आफु पनि सर्वसम्मत ढंगबाटै क्षेत्रीय प्रतिनिधी चयन गर्ने पक्षमा भए पनि नेताहरुको दबावका आफु बाध्य भई उम्मेदवार हुनु परेको उनको गुनासो थियो ।
सो वडाका सवै पदमा सर्वसम्मत ढंगबाट क्षेत्रीय प्रतिनिधी चयन गरिए पनि खस आर्य तर्फबाट क्षेत्रीय प्रतिनिधीमा भने निर्वाचन भएको थियो । आफु र युवा नेता शर्मा दुवै नै सर्व सहमतिबाटै क्षेत्रीय प्रतिनिधी वन्न सक्ने अवस्था थियो तर त्यो हुन दिईएन, “प्रतिस्पर्धी खनालले भने, “मलाई मोहरा बनाईयो ।” आफु बाध्य भई प्रतिस्पर्धी भएका कारण मेरो चाहना पनि युवा नेता शर्मा नै विजय भै दिए हुन्थ्यो भन्ने थियो, उनले भने ।
नेता शर्मालाई कुनै पनि हालतमा बुथबाट प्रदेश प्रतिनिधी आउन नदिन जिल्लाकै नेताहरुको समेत गोप्य निर्देशन गरेको शर्मा पक्षीय एक कार्यकर्ताले बताए । तर वडाका क्रियाशील सदस्यहरुको सहयोगमा शर्मा निर्वाचित भएका छन् । पटना जस्तो नेपाली कांग्रेसको गढमा यसरी आपसमै निर्वाचन हुनु दुखद पक्ष रहेको कार्यकर्ताहरुको गुनासो छ ।
वाणगंगा नगरपालिका १० को वडा कार्यालयमा मतदानमा सहभागी कांग्रेस क्रियाशील सदस्यहरु
निर्वाचित युवा नेता शर्मा कांग्रेस नेता तथा पुर्व राजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । निर्वाचनमा सहभागी सवै क्रियाशील सदस्यहरु प्रति निर्वाचित क्षेत्रीय प्रतिनिधी शर्माले आभार व्यक्त गरेका छन् ।