Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्धारित ६४ मध्ये १० जिल्लामा हुन सकेन आज कांग्रेसको पालिका अधिवेशन

Author Avatar साझा न्यूज 25th September 2021 , 7:53 PM
निर्धारित ६४ मध्ये १० जिल्लामा हुन सकेन आज कांग्रेसको पालिका अधिवेशन

काठमाडौं, ९ असोज । सत्तारुढ कांग्रेसले आज (शनिबार) ६४ जिल्लामा पालिका अधिवेशन हुने बताए पनि ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने आज अधिवेशन हुन नसकेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

१० जिल्लामा आज तयारी नपुगेका कारण क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेका छन् । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिले शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन शुरु भएको जनाएको छ । समितिका सदस्य एगराज पोखरेलले कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । ‘कहाँ–कहाँ भइसक्यो भन्ने यकिन तथ्यांक तयार भइसकेको छैन । तर, शनिबार ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन शुरु भएको छ । आजै नसकिए पनि एक–दुई दिनभित्रै ती ठाउँमा अधिवेशन भइसक्छ,’ पोखरेलल सुनाए ।

शनिबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा भने अधिवेशन हुन सकेन । काठमाडौंमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ । सिन्धुपाल्चोकमा भने अर्को मिति नतोकिएसम्मका लागि स्थगित छ । केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

‘निर्वाचन अधिकृतहरुले परिवेशअनुसार सहमतिबाट मिति तोकेर केन्द्रीय कार्यतालिकामा प्रभाव नपर्ने गरी अधिवेशन गराउँछन् । हामीले यहाँबाट तोकिएको मिति एउटा फ्रेम एरियामात्रै हो,’ निर्वाचन समितिका सदस्य पोखरेलले भने । उनका अनुसार पहाड र तराईका जिल्लामा भने दशैंअघिसम्म पालिका अधिवेशन गराए हुने अवस्था छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ । कांग्रेसले हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने भनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७५३ वटै स्थानीय तहमा एकै दिन अधिवेशन गर्नुपर्ने प्रस्ताव गरे पनि वडा अधिवेशन भइसकेका जिल्लामा समेत अधिवेशन हुन सकेन । अझ १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो लागेको छैन । हिमाली जिल्लामा भने १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज