Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि


३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) देखि सुरु हुँदैछ। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको छ। यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा हेदाहेर्दैमा राखिएको उक्त मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले बताए।

यो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा हुनेछ। वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्ने छन्। उनीहरूका लागि बहस गर्न आइतबार र सोमबारको समय छुट्ट्याइएको छ। त्यसपछि मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने मोरङ अदालतका सूचना अधिकारी धमालले बताए। दुवै पक्षको बहस सकिएपछि मुद्दाको फैसला हुनेछ।

लामो समयदेखि विचाराधीन मुद्दाको किनारा दसैंअघि नै लगाउने तयारी छ। पुर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ। मुद्दामा मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको छ। गोरेको समूहले दुबईबाट २०७४ माघ ९ गते तस्करी गरी साढे ३३ किलो सुन काठमाडौं ल्याएर गायव बनाइएको थियो। जुन अहिलेसम्म फेला परेको छैन। सुन गायव बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको मृत्यु भएको थियो। शाक्यले गोरेको समूहमा आबद्ध रहेर सुन तस्करको भरियाका रूपमा काम गरिरहेको अनुसन्धानबाट पत्ता लागेको छ।

हत्यापछि शाक्यको शव एक रात धरानमा राखेको खुल्यो। हत्याको भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद गर्‍यो। शाक्यको शव राखिएको बा१२च ५९६३ नम्बरको स्कारपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो। शाक्यको हत्या घटनामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो सार्वजनिक भयो। तर, त्यतिबेला उनी पक्राउ परेनन्। फरार बनेका उनलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइयो। अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन्।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई पनि प्रतिवादी बनाइएको थियो।

खत्री र राउत अहिलेसम्म थुनामै रहँदा अरू उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्। मुद्दा चलाइएकामध्ये लोहनीलाई भने प्रहरी अधिकारीकै योजना र स्वार्थमा

फसाइएको आरोप लाग्दै आएको छ। अनुसन्धानबाट तस्करीमा उनको संलग्नता नदेखिएको स्रोतले बतायो। अरू पूर्व एवं बहालवाला प्रहरीको भने तस्करी तथा शाक्य हत्या प्रकरणमा कुनै न कुनै हिसाबले संलग्नता पाइएको नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले बताए।

शाक्य हत्या प्रकरणको अनुसन्धान थालेपछि सुन तस्करको जालो प्रहरीले पत्ता लगाएको हो। सरकारले यस घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो। समितिले गरेको छानबिनअनुसार गोरेको ‘सेटिङ’ र अरू व्यापारीको लगानीमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन नेपाल भित्रिँदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ।

सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो। यस मुद्दामा अभियुक्त बनाइएकाहरूले संगठित अपराध निवारण ऐन, भन्सार ऐन र तत्कालीन मुलुकी ऐन गरेर तीनवटा ऐनविरुद्धको कसुर गरेको दाबी सरकार पक्षको छ। मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै २०७५ वैशाख १९ मा ६३ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा पहिलो पटक मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा तथ्य खुल्दै गएअनुसार तीनपटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्।

७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्। २२ जना फरार रहेको र अदालती कारबाहीको प्रक्रियामा नआएको स्रोतले बतायो। फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा रहने बताइएको छ। फरार भएर विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरी ‘इन्टरपोल’मार्फत खोजी गरिएको थियो। त्यसपछि केही अभियुक्त पक्राउ परे। जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पुगेकामध्ये प्रहरी अधिकारीसहित अधिकांश उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

भर्खरै प्रकाशित

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि