Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुने

Author Avatar साझा न्यूज 26th September 2021 , 3:40 PM
जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुने

जनकपुरधाम  । विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ ।

युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण गराउन आवश्क पर्ने मापदण्ड, त्यसको पूर्वतयारी, सूचीकरण गराउन आवश्यक पर्ने कानुन प्रक्रियाको विषयमा जनकपुरधाम उपमहनगरपालिकाले थालेको छ ।

गत आर्थिक वर्षमै उपमहानगरपालिकाले जानकी मन्दिरको वरिपरि पर्ने जग्गा, सडक, घरधुरी, जनसंख्या लगायतका तथ्यांक संकलन गर्ने कार्य गराइसकेको छ । त्यसैगरी, उपमहानगरपालिककै प्रस्तवामा संघीय सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि नीति तथा कार्यक्रम र बजेट उल्लेख गरिसकेको छ । जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीकृत गराउने अभियानमा स्थानीयवासी एकमत रहेका छन् ।

जनकपुरधाममा उप–महानगरपालिकाले जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण सम्बन्धी आयोजना गरेको वृह्त परामर्श कार्यशाला गोष्ठीमा सहभागि सरोकारवालाहरूले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले राज्यबाट वर्षौंदेखि उपेक्षा गरेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि आफूहरूले सक्रियता बढाएको जनाए ।

साविकको जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गर्नु पनि जानकी मन्दिरलाई सूचीकृत गराउने पहिलो खुड्किलोको रुपमा रहेको बताउँदै मेयर साहले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकरणको लागि थुप्रै क्राइटेरिया पूरा गर्नुपर्ने हुन्छ र सोकै तयारीकै सोचसहित उपमहनगरपालिकाले भवनहरूलाई मिथिलाको पौराणिकतासँग जोडेर हामीले नामाकरण ग¥यौँ । बाँकी काम पनि सक्रियतापूर्व अगाडि बढाइएको छौँ ।’

जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि उठाएको कदम सरहानीय रहेको जनाए ।

उनले २०५२ सालदेखि नै विश्व सम्पदा सूची र जानकी मन्दिरको चर्चा बाल्यावस्थादेखि नै सुन्दै आएपनि आधिकारिक रूपमा स्थानीय सरकारीस्तरबाटै त्यसको लागि भइरहेको प्रयासले सकरात्मक सन्देश प्रवाह गरेको बताए ।

कार्यक्रममा सांस्कृतिकविज्ञ काई वाईजले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सांस्कृति तथा प्राकृतिक स्वरुपको आधारमा सुचीकरण गर्न सकिने युनेस्कोकोले मापदण्ड बनाएको जनाए ।

सोमध्ये जुनसुकै मापदण्ड पूरा भएपछि सूचीकृतको प्रक्रिया अघि बढ्ने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज