बर्दिया गुलरिया निवासी चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बाख्रा फर्ममा चितुवाले आक्रमण गरी करिव दुई दर्जन खसी एवम् बाख्रा मारेको छ ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषीटोलमा वृष पशुपंक्षी तथा बाख्रा पालन फर्म नाममा पौडेलले सञ्चालन गर्दै आएको फर्ममा आइतबार रातिको समयमा चितुवा आइ खोरमा रहेका २२ वटा खसी तथा बाख्रा मारेको प्रहरीले जनाएको छ ।
यसबारे सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिइ जाँदा सम्पुर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेका र अन्य विस्तृत विवरण बुझ्ने कार्य भैरहेको प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिएका छन् ।