साझा न्यूज । तौलिहवा
नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनबाट कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै खाँ नगर सभापतिमा निर्वाचित हुन सफल भएका हुन ।
निर्वाचित खाँले ८२ मत पाए भने, उनका प्रतिस्पर्धी गोपी कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५७ र माया ज्ञवालीले ७ मत प्राप्त गरेकी थिइन । लामो समय सरकारी सेवामा लागेर रिटायर्ड लाइफ राजनीतिमा विताउने गरी खाँ जिम्मेवारीमा आएका हुन् ।
त्यस्तै नगर उपसभापतिमा विनोद अधिकारी र संदिप शर्मा विजयी भएका छन् । विजयी भएका अधिकारीले १ सय १७, शर्माले १ सय १५ पाए भने उनको प्रतिस्पर्धी दुर्गा चौहान १ सय २ र विरेन्द्र कुमार बर्माले ७१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा २ पदको लागि ४ जना उम्मेदवारी दिएका थिए । जसमा नगेन्द्र यादव र धिरेन्द्र कुमार उपाध्याय निर्वाचित भएका छन् । विजयी यादवले १ सय २५ मत, उपाध्यायले १ सय ३ मत पाएका थिए भने प्रतिस्पर्धि उमेश पाण्डेले ९४ र जुनु शाही ७४ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै सहसचिवमा २ पद भएपनि ३ जनाको उम्मेदवारी परेको थियो ।जसमा धमेन्द्र यादव र संजय कुमार राय विजयी भएका छन् । यादवले १ सय ४८, रायले १ सय २१ मत पाएर विजायी भएका छन् । उनको प्रतिस्पधीै अब्दुल ओफाले ९५ मत पाएका थिए ।
कुल २ सय २० मत रहेकोमा २ सय १७ मत खसेको थियो ।