तौलिहवा, कार्तिक २
कपिलबस्तुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारीले विद्यार्थीहरुको समस्या समाधान र अध्यायनरत विद्यार्थीलाई नागरिकता बनाउन सहज गरीदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रजिअ पाण्डेलाई बुझाईएको हो ।
अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्वमा संयुक्त विद्यार्थी संगठन तथा राज्यबीचमा सवारी साधनहरुमा परिचय पत्रको आधारमा विद्यार्थीलाई ४५ प्रतिशत शुल्क छुट गर्ने लिखित सहमति भएको तर हालसम्म पनि जिल्लामा उक्त सहमतिलाई कार्यन्वयन नगरिएको हुदाँ यथासिघ्र कार्यन्वयन गर्न माग गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिक्ताको प्रमाण पत्र वितरण कार्य कुपन विधीबाट गर्दा विद्यार्थीहरुलाई माथिल्लो तहमा भर्ना तथा छात्रवृतिबाट बञ्चित जस्ता समस्या भोगको हुदाँ विद्यार्थीको लागि नियमितरुपमा नागरिक्ता वितरण गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
सो अवसरमा जिल्ला अध्यक्ष हरिश चन्द्र खनाल, उपाध्यक्ष विजय पौडेल आभाष,जिल्ला सहसचिव गोरखनाथ यादव, सुमन घिमिरे, सुजाता बरुण, जिल्ला सदस्य एवम यशोधरा गाउँ कमिटी अध्यक्ष कमलेश पासवान लगायतको उपस्थिति रहको थियो ।