Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुई लाख धरौटीमा रिहा

Author Avatar साझा न्यूज 6th January 2022 , 7:45 PM
सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुई लाख धरौटीमा रिहा

मोरङ । ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शोक्यको हत्या प्रकरणका मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती दुई लाख धरौटीमा रिहा भएका छन् । सुन तस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा भएका हुन ।

सुन तस्करी मुद्दाका फरार आरोपी रमेश दुबईमा लुकेर बस्दै आएका थिए । अदालतले दाजु गोरेबाहेक अन्य सबैलाई सफाई दिएपछि उनी योजना मिलाएर नेपाल आएका थिए । नेपाल आएको थाहा पाएपछि प्रहरीले उनलाई २० पुसमा विमानस्थलबाटै पक्राउ गरेर मोरङ पठाएको थियो । मोरङ प्रहरीले उनलाई बुधबार अदालतमा हाजिर गराएको थियो । बिहिवार थुनछेक बयान सकिएपछि न्यायाधीश भरत लम्सालको ईजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

२७ मंसिरमा मुख्य लगानीकर्ता काले भनिने कृष्ण गोपाल अग्रवाललाई पनि अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सुन तस्करी अभियोग मुद्दामा गोरेका भाइ रमेश र लगानीकर्ता अग्रवालबाहेक ५६ अभियुक्तले यसअघि नै सफाई पाइसकेका छन् । साढे तीन वर्षदेखी विचाधाराधीन उक्त्त मुद्दामा १९ असोजमा यायाधीश लम्सालको इजलासले उनीहरुलाई सफाई दिएको थियो ।

अभियोग लागेका ७७ जनामध्ये ६ जनालाई सनम शाक्य हत्या आरोपमा, मोरङ उर्लाबारी ७ का मुख्य अभियुक्त्त गोरेलाई मानव अपहरण कसुरमा थप १० बर्ष सजायसहित जन्मकैद तथा काभ्रेका टेकराज मल्ल ठकुरी, झापाका लाक्पा शेर्पा, मोरङका मोहन काफ्ले, मोरङकै कृष्ण भनिने नरेन्द्र कार्की र झापाका भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैद सजाय तोकिएको थियो ।

यसैगरी पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाण्डौंका राजनकुमारलाई ३ वर्ष र मोरङका माधव भानिने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय भएको छ । सुनतस्करी मुद्दाका ७७ अभियुक्त्तमध्ये १८ जना अझै फरार छन् ।

आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, मानव अपहरण शरिर बन्धक र कर्तब्य ज्यान अभियोगको उक्त्त मुद्दा पहिलो पटक १९ बैसाख २०७५ मा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो । त्यसपछि ३० बैसाख २०७५, २० असार २०७५ र ७ भदौ २०७५ मा थप अभियुक्त्तहरु विरुद्ध अभियोग दर्ता भएको थियो ।

संगठित सुनतस्करी आरोपका ९ जना प्रहरीहरु पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तात्कालिन एसएसपी दिवेश लोहनी, एसपी विकास राज खनाल, डिएसपी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल तथा प्रहरी हवल्दारहरु बिष्णुबहादुर खडका र अम्बरबहादुर थापा सबैले आरोपबाट सफाई पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज