Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय गणतन्त्रको बर्तमान र भबिष्य

Author Avatar साझा न्यूज 26th January 2022 , 8:16 AM
कविता- किन बन्दैन नयाँ नेपाल !

–लोकनारायण सुवेदी
भारतमा प्रत्येक बर्षको २६ जनवरीका दिन गणतन्त्र दिवस मनाइने गरिन्छ । सन् १९५० मा यसै दिन भारतीय संबिधान लागु भएको थियो । संबिधानको भावना अनुरुप आज भारतलाई एउटा सम्प्रभूतासम्मपन्न गणतन्त्रात्मक धर्मनिरपेक्ष समाजवादी’’ राज्य मानिएको छ । यसै आधारमा भारतमा संबिधानको शासन रहेको मानिन्छ । त्यहाँको संसदलाई सर्बोच्च पनि भनिएको छ । बृटिश साम्राज्यवादको करीब २०० बर्षजतिको ठाडो दासताबाट ‘‘स्वतन्त्र’’ भएको मानिएको भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘‘हामीले आफ्नो राष्ट्रिय लक्षका बारेमा कुनै भ्रम या असमझदारी राख्नु हुदैन ।हाम्रो उदेश्य एउटा शक्तिशाली, स्वतन्त्र र जनतान्त्रिक भारत हो । यसमा प्रत्येक नागरिकलाई समान स्थान, बिकास र सेवाको लागि समान अवसर प्राप्त हुनेछ । भारतमा अलग बस्ने नीति, छुवाछुत, हठधर्मिता तथा मानिसद्वारा मानिसको शोषणलाई कुनै स्थान हुनेछैन ।’’

तर गम्भीर र यक्ष प्रश्नहरु के उठेका छन् भने के स्वाधीन भारतको सात दशकपछि पनि भारतले यी लक्षहरुलाई हासिल गरेको छ ? के भारतीय समाजमा ब्याप्त छुवाछुत र शोषणलाई मेटाउन सकेको छ ? के किनारामा धकेलिएका करोडौं सीमान्तिकृत जन समुदायलाई उचित अधिकार प्राप्त भएको छ ? के भारतीय समाजमा ब्याप्त असमानता समाप्त भएको छ ? के महिलाहरुकाप्रति समाजको दृष्टिकोणमा कुनै सार्थक परिवर्तन आएको छ ? के भारत एउटा शक्तिशाली जनतान्त्रिक राष्ट्रकोरुपमा बिश्व समुदायका बीच स्थापित र खडा भएको छ ? के भारतको आन्तरिक र बाह्य सुरक्षा सबल भएको छ त ? यस्ता अनेक प्रश्नहरु भारत स्वाधीन भएको सात दशकपछि पनि उठिरहेका छन् । के कुरामा दुइ मत छैन भने स्वाधीनता प्राप्त भए पछिका यो ७२ बर्ष यताको समयमा भारतले बिबिध क्षेत्रहरुमा निक्कै उन्नति र प्रगति गरेको छ । उदाहरणका लागि त्यहाँ कृषि उत्पादन र उत्पादकत्व बढेको छ ।उद्योगधन्धाहरुमा निकै बिस्तार भएको छ । सञ्चारको क्षेत्रमा त क्रान्ति नै भएको छ । सामाजिक सेवाहरुको दायरा निक्कै बढेको छ । तर के यी उपलब्धीहरु आम सर्ब साधारण जनताका लागि सहज उपलब्ध छन् र उनीहरु सन्तुष्ट हुन सकेका छन ? आज भारतीय सचेत समुदायले यी प्रश्न उठाइरहेका छन् । के भारतमा जातिबाद, भाषाबाद, क्षेत्रबाद, अलग्गाववाद, आतंकबाद, भ्रष्टाचार, गरीबी, भोकमरी र बेराजगारी जस्ता गम्भीर समस्यहरु पहिलाभन्दा अझ सघन भएका छैनन् ( यी समस्याबाट कसैले मुख मोडेर बस्तुगत यथार्थ वास्तविकताको ढाकछोप हुन कहाँ सक्छ र ! ) भारतको एउटा ठूलो जनसंख्या आज पनि बाच्ने आधारभूत अधिकारबाटै बास्तवमा बञ्चित छ । उनीहरुका लागि दुइ छाक टार्नसम्म पनि निकै नै धौधौ छ । स्वच्छ पिउने पानीको अभाव छ । शरीर ढाक्ने कपडा र शीर छोप्ने झुप्रो छैन । जबकि अहिलेसम्मका भारतका प्रत्येक पञ्चबर्षीय योजनाहरुमा यी आधारभूत सुबिधाहरु जनतालाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरिदै आएको पाइन्छ । सबै किसिमका आर्थिक सुधार र लोकोपयोगी योजनाहरु लागु भइसक्दा पनि भारतको बहुआयामिक यथार्थ गरीबीमा कुनै उल्लेखनीय कमी अझै आउन सकेको छैन ।

आज पनि बिश्वका कूल ४२ प्रतित गरीबहरुको संख्यामध्ये भारतमा मात्रै सबैभन्दा बढी छ । आज पनि भारतको ७० प्रतिशत जनसंख्या प्रति दिन २० रुपैयाँमा जीवन गुजारा गर्न बाध्य रहेको त्यहाँका बिख्यात अर्थशास्त्रीहरु बताउँदछन् । भोकमरी(अनिकाल), कुपोषण र उचित औषधोपचारको अभावका कारणले प्रायः प्रत्येक बर्षजसो करीब साढे दुइ करोड बाल बालिकाहरु जन्मेको केही महिनाभित्रै यो संसार छोड्न बाध्य छन् । पाँच बर्ष उमेरका बाल बालिकाहरुमध्ये पनि ४३ प्रतिशत अहिले पनि बाञ्छितभन्दा कम तौलका जन्मन्छन् । उचित उपचारको अभावमा २० बर्षदेखि कम उमेरका ५० प्रतिशत महिलाहरु प्रसवको बेला मृत्युको मुखमा धकेलिने गर्दछन् । अहिले पनि बिश्वका ४० प्रतिशत कुपोषित महिलाहरु भारतमै छन् । आखिर यो आर्थिक असमानता, बिभेद र बिग्रदो स्वास्थ्य प्रणालीमाथि कसरी भारतले गर्ब गर्न सक्तछ र ! शिक्षाको क्षेत्र पनि कम भयावह छैन । शिक्षको अधिकार कानुनतः लागु भए पछि पनि प्राथमिक शिक्षाको दुराबस्था कायमै छ । नीजी बिद्यालयहरु गरीब बाल बालिकाहरुलाई शिक्षा दिन तयार छैनन् । बिश्वबिद्यालयहरु र क्याम्पसहरुमा आवश्यक संसाधनहरु र अध्यापकहरुको ठूलो अभाव छ । हिजो पुरानो भारतमा नालन्दा र तक्षशिला बिश्व बिद्यालय जस्तो प्रसिद्ध बिश्वबिद्यालयको गौरब बोकेको भारतको आज बिश्वका शीर्ष १०० वटा बिश्वबिद्यालयहरुको सूचिमा एउटा पनि बिश्वबिद्यालय परेको छैनन् । यी सबै कुराले के प्रष्ट रेखाङ्कति गर्दछ भने लोकतन्त्रको दुहाइ दिने राजनीतिक दलहरु, सत्तासीन सरकारहरु र प्रशासनिक ब्यवस्था समालिरहेको कर्मचारीतन्त्रको तर्फबाट समुचित जिम्मेवारीको निर्वाह भारतमा पनि पटक्कै भएको छैन । यसको प्रमुख कारण सैद्धान्तिक, राजनीतिक अनैतिकता र भ्रष्टाचार हो । स्वतन्त्र भारतको प्रारम्भिक चरणमा अनैतिकता र भ्रष्टाचारका मुद्दाहरु अपवादका रुपमा नगन्य मात्रै हुने गर्दथे । जुन मन्त्रिहरुमाथि भ्रष्टचारको मुद्दा लाग्दथ्यो तिनले तत्कालै राजीनामा दिन्थे । तर आज नेताहरु अपराधी घोषित भइसकेपछि पनि सत्ता सुख भोग्नबाट बञ्चित रहँन पटक्कै चाँहदैनन् । परिणाम सबैका सामुमा छ । भ्रष्टचारलाई यसरी निरन्तर बढावा मिलिरहेको छ । कुन तथ्यको पनि उजागर भइरहेको छ भने भ्रष्टाचारी नेताहरु र ठूला कमचारीलाई पारदर्शी र खुलस्त हुन पटक्कै मन पर्दैन । अपराधी प्रबृत्ति र प्रकृतिका मानिसहरुलाई निर्वाचन लड्नबाट रोक्न पनि उनीहरुलाई पटक्कै मन पर्दैन । त्यसैको कुपरिणाम हो कि केही अपवादलाई छाडेर आज भारतीय संसदमा जनताका सच्चा अगुवा होइन यस्ता धेरै मानिसहरु पुगका छन् जसमाथि भ्रष्टाचार र अन्य संगीन अपराधको आरोप लागेको पाइन्छ । यस्ता मानिहरुका हातमा देश र जनताको सुरक्षा कसरी हुनसक्छ र भन्ने गम्भीर प्रश्न पनि त्यहाँ उठिरहेको छ ।

यी तमाम कुराका अतिरिक्त आतंकबादले पनि भारत आक्रान्त छ । छिमेकीहरुसँगको सम्वन्ध खाशगरी पाकिस्तान, श्रीलंका, माल्दीभ्स, भूटान र नेपालसँगको सम्वन्ध पनि भने जस्तो न्यानो र प्रगाढ छैन । नेपालको सीमाना भारतबाट अतिक्रमित छ, नेपालको कालापानी क्षेत्रमा भारतीय सेना जबर्जस्ती तैनाथ गरिएको छ । पछिल्लो समय नक्शा अतिक्रमण गरेर ती कुरालाई स्थापित गर्न भारतीय सत्ता उद्यत छ । त्यसको नेपालमा लगातार बिरोध भइरहेको छ । चीनसँग एक पटक र पाकिस्तानसँग त कयौ पटक युद्ध र झडप नै हुदै आएको छ भने नेपाल लगायत अरु छिमेकीहरुसँगको अर्थ–राजनीतिक सम्बन्ध पनि असमानता आधारित छ । भारतीय सत्ताले आफ्नो प्रभाव र दबाव सना र पछौटे देशहरुमाथि निरन्तर जमाउन चाहन्छ । जसले गर्दा प्रायः सबै छिमेकीहरुले भारतलाई सन्देहको दृष्टिले हेर्दछन् । वास्तवमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन पनि आफ्नो उदेश्यमा राम्रोसँग अगाडि बढ्न नसकेको र यसको नियमित सम्मेलन पनि हुन नसकेको आजको ज्वलन्त यथार्थ हो ।यी सबै कारण गर्दा निकै ठूलो आर्थिक प्रगति गरेको भए पनि भारतीय गणतन्त्रको अझै पनि अधूरो,अपूरो र कमजोर रहेको बिश्लेषकहरु औल्याउदै आइरहेका छन् । यी गलत, अमान्य र अस्वीकार्य कुराहरु फेर्न र आफ्नो गए गुज्रेको स्थितिलाई बदलेर समानतामा आधारित, समुन्नत, सुनिश्चित र सुखमय भबिष्य निर्माण गर्न भारतीय जनता सक्षम हुन् । उनीहरुलाई गणतन्त्र दिवसको शुभकामना ! नेपाल–भारत जन–मैत्री अमर रहोस् !

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज