महोत्तरी । महोत्तरीमा सशस्त्र प्रहरीले १६० किलो प्रतिबन्धित लागुपदार्थ गाँजा बरामद गरेको छ । महोत्तरी गउँपालिका-४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्म नजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति गाँजा बरामद गरिएको गरेको सशस्त्र प्रहरीले जनाएको छ ।