Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजनीतिमा पद्दति खराव कि पात्रहरु खराब ?

Author Avatar साझा न्यूज 4th February 2022 , 7:54 PM
राजनीतिमा पद्दति खराव कि पात्रहरु खराब ?

–प्रीति रमण

पाँचदलीय गठबन्धन सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न आनाकानी गरेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले सरकारलाई सात बुँदे पत्र लेखेर सम्बिधान सम्मत ढंगले चल्न निर्देशन गरिन्  । यो घटनाले राजनीतिमा नयाँ तरंग सृजना गरेको छ । तत्कालीन प्रधानमंत्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको चुनाव अहिलेसम्म सबै चरण सम्पन्न भइसकेको हुन्थ्यो । राजनीतिक स्थिरताको आशा पलाएको हुन्थ्यो । संविधानको रक्षाका नाममा प्रतिनिधिसभा विघटनको विरोध गरियो  र सर्वोच्च अदालतबाट प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर पनि गरियो । सर्वोच्च अदालतले ब्यूँताईदिएको प्रतिनिधिसभाले कुनै निर्णय गर्न सकेको छैन । अवरोध जारी छ । असम्बैधानिक रुपमा र दलीय पद्धति बिपरित आफ्नै दलकातर्फबाट निर्वाचित सांसदहरुले बिपक्षीदलका नेतालाई प्रधानमंत्री बनाउन मतदान गरेको अवस्थालाई केपी ओलीले अस्वीकार गर्दै संसद अवरुद्ध गरिरहेकाले सम्बिधानको मर्म बिपरित काम भएको ठहर गरेका छन् ।

यसरी देशको राजनीति अन्यौलग्रस्त अवस्थातिर घचेटिएको छ । विकसित राजनीतिक घटनाक्रमले दलहरुका आवरणमा चुनाव लडेर सांसद बनेका  नेताहरुमध्ये कसैले सांसद पद गुमाएका छन् भने केहीले निरन्तरता पाएका छन् । संवैधानिक प्रावधान अनुसार दल बदल गरेपछि पूर्ववत दलको हैसियत समाप्त हुने भएकाले दल बदल गरेका नेताहरुको सांसद पद समेत समाप्त भएको ठहर  हुन्छ । यसरी सांसद पद रिक्त हुँदै गइरहेको अवस्था हो । तर पनि परमादेशले यो सत्यलाई स्थापित हुन दिएको छैन ।

प्रधानमन्त्री केपीओलीले मध्यावधि चुनाव गराउन चाहेका थिए । सर्वोच्च अदालतबाटै त्यो कदम असंवैधानिक ठहर भएपछि विकसित घटनाक्रमले देशलाई अराजकतातर्फ घचेटिदिएको छ ।  अहिले स्थानीय चुनाव गर्नैपर्ने बाध्यात्मक अवस्थाले पनि चुनाव आवश्यक थियो भन्ने कुरालाई पुष्टि गरिरहेको छ ।

संविधानले निर्दिष्ट गरेका सवै प्रावधानहरु कार्यान्वयन हुन सकिरहेका छैनन् । संविधान नै अपूर्ण छ र संशोधन गरियोस् भन्ने आवाज पनि सडकबाट उठिरहेको छ । संविधान खारेज गरियोस् भन्ने आवाज पनि सडकमा सुनिएकै छ । यति मात्र होइन गणतन्त्रको बिकल्प राजतन्त्र भनेर सडक तताउनेहरु पनि शक्तिमा देखिएका छन् ।संसदबादको बिकल्प बैज्ञानिक समाजबाद भएकाले ब्यवस्था रोज्ने अधिकार जनतालाई दिनुपर्ने माग पनि सडकबाट उठिरहेको छ । यो अवस्थाले स्पष्ट गर्छ कि संविधान आपैmमा पूर्ण छैन । त्यसैले संविधानका धाराहरुलाई मात्र हेरेर जनभावना संवोधन हुँदोरहेनछ भन्ने कुरा पुष्टि भइरहेको छ ।

अहिले देशमा लोकतंत्र बहाली भएको भनिन्छ । तर कुनै पार्टीले आफ्नो बिधानमा राजसंस्था र धर्मसापेक्षराष्ट्रको सवाल लेख्न पाईदैन भनेर निर्वाचन आयोगले निर्देशन गरेको छ । राजतन्त्रकालको संविधानले राजतन्त्रबारेको प्रावधानलाई अपरिवर्तनीय भनेको थियो । जुन संविधानले आफूलाई अपरिवर्तनीय भनेको थियो । त्यो संविधानको नै अन्त्य भएको छ । निषेधको  मान्यता लोकतंत्रमा हुने कि नहुने रु अपरिवर्तनीय केही कुरा हुँदैन भन्ने कुरा नेपालकै घटनाले संदेश दिएको छ । परिवर्तन गर्नुपर्ने कुरालाई परिवर्तन नहुनसक्ने भन्नु मुर्खता हो ।  परिस्कार गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने कुरालाई अस्वीकार गरेर राजनीतिमा अगाडि बढ्न खोजियो भने त्यस्तो राजनीति दुर्घटनामा जान्छ । यो विश्वका तमाम देशहरुमा भएका घटनाहरुसँगै नेपालमै पनि भएको राजतन्त्रको अन्त्यले प्रष्ट गरेको छ ।

दुईवटा संविधानसभाको चुनावले निर्वाचित भएका जनप्रतिनिधिहरुले निर्माण गरेको संविधानले पनि कतिपय सवालहरुलाई अपरिवर्तनीय ठानेको छ । जो सरासर गलत हो । संविधानमा अपरिवर्तनीय सन्दर्भहरु लेख्नु नै संविधान निर्माण गर्ने सभासदहरुको अपरिपक्वताको स्पष्ट उदाहरण हो । संविधान निर्माण गर्नेहरुले समाजको आवश्यकतालाई बुझ्न नसकेको कुरा स्पष्ट हुन्छ । संविधान निर्माण गर्नेहरुले देशका शोषित, उत्पीडित जनताको भावनालाई समेटेर संविधान बनाएका छैनन् । संविधान निर्माताहरुले देशको सार्वभौमसत्ता कसरी सुरक्षित हुन्छ भन्ने कुरा तर्पm गम्भीरतापूर्वक विचार पु¥याएका छैनन् भन्ने कुरा पुष्टि भइरहेको छ । सीमा अतिक्रमणका घटनाहरुमा  भइरहेका गतिविधिहरु वा छिमेकी देशहरुका विरुद्ध हाम्रो देश युद्ध भूमिमा परिणत हुनसक्ने सम्भावनाहरुले यही कुरालाई पुष्टि गरिरहेको देखिन्छ । संविधान निर्माण गर्नेहरु देश र जनताप्रति जिम्मेवार बन्न सकेनन् वा उनीहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेनन् भन्ने कुरा प्रष्ट हुन्छ । सायद चुनावी प्रकृयाकै त्रुटीका कारण यस्तो परिणाम आईरहेको पनि हुन सक्छ । समिक्षा जरुरी छ ।

हुन त यो संविधान आठ वर्ष लगाएर लेखिएको हो । यस किसिमको संविधान  सुखद् स्वागतको हुनुपर्ने थियो । ठूलो विवादका बीच संविधान बनेको हो । विवादहरुको समाधान नगरेरै संविधान घोषणा गरियो । त्यसैले पनि संविधानले देशलाई स्थिरता दिन सकेको छैन । संविधान मातहत चुनाव सम्पन्न भयो । चुनावले दुई तिहाई बहुमतको नजिक एउटा पार्टीलाई सरकार बनाउने हैसियतमा पु¥यायो । राजनीतिक स्थिरताको लागि यो भन्दा अर्को परिणाम चुनावले दिन सक्दैन । तर पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । आखिर किन रु यो प्रश्नको उत्तर गम्भीरतापूर्वक खोजी हुनु पर्दछ । तर चासो कसैमा छैन ।

दलित, महिला, जनजाति, मधेसी लगायतका आवाजहरु संविधानमा सुनिएका छैनन् । हिमाली क्षेत्रका जनताको अवस्था संविधानले सुन्न सकेको छैन । संविधानले धर्म निरपेक्षताको नाममा ईशाईकरणलाई प्राथमिकतामा राखेको जस्तो भएको छ । यस संविधानसँग दलित असन्तुष्ट छन्, जनजातिहरु घोर असन्तुष्ट छन्, मधेसहरु त झन् विद्रोहमै उत्रिएर संविधान जलाएका हुन् । अव यस संविधानलाई हामीले के गर्ने रु पालन गर्ने कि नगर्ने रु यो नै अहम् प्रश्न हो । तराई(मधेशका आठवटा जिल्लालाई मधेशप्रदेश घोषणा गरेर बिबादको बिजारोपण गरिएको छ ।यस्को परिणाम निश्चय पनि देश र जनताको हितमा हुने छैन भनेर अहिले नै ठोकुवा गर्न सकिन्छ ।

संविधानमा मौलिक हक र वाक् तथा प्रकाशन  स्वतन्त्रताको राम्रो व्यवस्था गरिएको छ ।समाजबाद उन्मुख समाजको परिकल्पना पनि सम्बिधानमा गरिएको छ, तर दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले नै संविधान विपरित  काम ग¥यो । लूट मच्चाउने र घरानियाँ ब्यापारीलाई राज्यको सम्पत्तिको मालिक बनाउने कामले निरन्तरता पायो । संविधानमा भ्रष्टाचार विरुद्ध राम्रो व्यवस्था भएको छ, तर सरकारमा रहेकाहरु नै भ्रष्टाचारमा लिप्त रहे । ठूला भ्रष्टाचारका काण्डहरु देशमा भए । भ्रष्टाचारीहरुलाई सरकारले दण्डित गरेको छैन । बरु पुरस्कृत गरेको छ । भ्रष्टाचार सम्बन्धमा ट्रान्सपरेन्सी इन्टरनेशनले समेत नेपाललाई लज्जित बनाउने विवरण सार्वजनिक ग¥यो । यसले स्पष्ट गर्छ भ्रष्टाचार विरुद्ध सरकारले संविधान बमोजिम गर्नुपर्ने काम गरेको छैन ।

त्यसैगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम सरकारले ग¥यो । यस्तो काम संविधान बमोजिम हुँदैन । संविधानमा कुनै पनि राजनैतिक दलहरुमाथि  प्रतिबन्ध लगाउन पाइने छैन भनेर स्पष्ट व्यवस्था गरेको छ । सरकारले राजनीतिक दलमाथि प्रतिबन्ध लगायो, तर संविधान निर्माणमा आठ बर्ष खर्च गरेका नेपालका राजनीतिक दलहरुले प्रतिबन्धको विरोध गरेनन् । संविधानमा राष्ट्रिय स्वाधीनताको कुरा गरिएको छ । तर कुनै विदेशी शक्तिको शैन्य लक्ष्यलाई सहयोग पुग्ने गरी नेपालको संविधानले समेत निषेध गर्न नपाउने गरी विदेशी शक्तिलाई देशभित्र भित्र्याउने सरकारको प्रयास भइरहेको छ । सडकको आवाजलाई दमन गरेर कमजोर गराउने प्रयास  भईरहँदा संविधान निर्माणमा जुटेका राजनीतिक दलहरुले सरकारलाई खबरदारी गर्नेतर्फ नलागेर मतियार बन्ने काम गरिरहेका छन् । निर्वाचन भएपनि देश र जनताको हित हुने अवस्था बिकसित होला भनेर आशा गर्न सकिने अवस्था छैन , त्यसैले बिकल्प खोज्न सुरु गरिहाल्ने कि ? -जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज