काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने । उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए । ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, उनले भने ।
















































