Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालमाथि चीनको अघोषित नाकाबन्दी कहिलेसम्म ?

Author Avatar साझा न्यूज 9th March 2022 , 6:41 AM
नेपालमाथि चीनको अघोषित नाकाबन्दी कहिलेसम्म ?

काठमाडौं । फागुन महिनाको समाप्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।

नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाकाहुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।

‘चीनबाट नेपालतर्फ वस्तुहरु पठाउँदा कोरोना नसर्ने, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिव दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ ।

प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । आफ्नो निरीहता लुकाउन उनले उल्टै चिनियाँ दादागिरीको ढाकछोप गर्नुपर्यो ।

‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’

कोरोना महामारी सुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलो पटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।

चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरुपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् ।

तातोपानी नाका २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि चीनले लामो समय बन्द गरेको थियो । सुरक्षाको कारण देखाउँदै चीनले तातोपानी नाका बन्द गरेको थियो । त्यसपछि पनि खुलेको केही महिनामा नै कोरोनाका कारण चीनले उक्त नाका एकतर्फी बन्द गर्यो ।

चिनले एकतर्फी नाकाबन्दी लगाउँदा नेपालले करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । २०७६ चैत देखि २०७८ माघ महिनासम्म चीनबाट तातोपानी र रसुवागढी नाकाहुँदै नेपालमा ४७ अर्ब ५६ करोड ५७ लाख ४९ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट ती नाकाहुँदै चीनमा एक रुपैयाँको वस्तु पनि गएको छैन ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँको वस्तु आएको छ । सो अवधिमा नेपालबाट चीनमा मात्र ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा रसुवागढी नाकाबाट १६ अर्ब ७४ करोड ६४ लाख ३३ हजार रुपैयाँ र तातोपानी नाकाबाट ७ अर्ब ९५ करोड ५२ लाख ८१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । उक्त अवधिमा नेपालबाट ती नाका हुँदै कुनै वस्तुले चीनमा प्रवेश पाएको छैन ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा चीनबाट नेपालले २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख ६० हजार रुपैयाँको वस्तु आयात गरेको देखिन्छ । सो वर्ष नेपालले भने चीनमा मात्र १ अर्ब १ करोड ६० लाख ५७ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष रसुवागढी नाकाबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानी नाकाबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो । नेपालबाट सो वर्ष ती नाकाबाट कुनै वस्तु चीन गएन अर्थात निर्यात सुन्य रह्यो ।

आर्थिक वर्ष २०७६–७७ को सुरुको आठ महिना तातोपानी र रसुवागढी दुवै नाका दुइतर्फी रुपमा खुला रहेका थिए । उक्त आर्थिक वर्ष चीनबाट नेपालमा १ खर्ब ८१ अर्ब ९२ करोड ३ लाख ८ हजार रुपैयाँको वस्तु आयात भएको थियो भने नेपालबाट १ अर्ब १९ करोड ११ लाख ८१ हजार रुपैयाँको वस्तु चीनमा निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७६–७७ मा नेपालले तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख ४६ हजार रुपैयाँको वस्तु आयात र १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । सोही वर्ष रसुवागढी नाकाबाट २६ अर्ब ४६ करोड ८१ लाख ९५ हजार रुपैयाँको वस्तु आयात र ५८ करोड २३ लाख ५४ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

तातोपानी र रसुवागढी नाका दुईतर्फी खुलाउन परराष्ट्र मन्त्रालय, वेइजिङस्थित नेपाली दूतावास र ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले पहल गर्दै आएका छन् । तर प्रयास प्रयाप्त गरेको देखिंदैन । यसैकारण नेपालको प्रयासलाई चीनले समाधान गर्नेगरी चासो दिएको छैन ।

‘यो त अघोषित नाकाबन्दी नै हो । यसको कूटनीतिक सन्देश चीन नेपालसँग खुसी छैन भन्ने हो । चीन किन खुसी छैन हामीले बुझ्न पर्यो र बुझ्ने सार्थक प्रयास गर्नुपर्यो,’ पूर्वराजदूत दिनेश भट्टराईले भने । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

भर्खरै प्रकाशित

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज