प्रेमनारायण अाचार्य
सन्धिखर्क ३० फागुन । ब्याक गियर सहितको माेटरसाइकल बनाउने सन्धिखर्क १ का युवा विद्यार्थीलाई सागर पाेख्रेललाई सन्धिखर्क नगरपालिकाले २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
अागामी दिनमा अझ उत्कृष्ट कार्य गर्न हाैसला मिलाेस भन्ने उदेश्यले २५ हजार रुपैयाँ नगद सहित अबिर र खादा लगाएर सम्मान गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो ।
नगर प्रमुख कमल प्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक कार्यक्रमका बिच सम्मान गर्नु भएको हाे ।
कार्यक्रम नारायण पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।
















































