Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिडिया अहिले कति स्वतन्त्र छ ?


मिडिया अहिले कति स्वतन्त्र छ ?
पत्रकारहरूको खुल्लमखुल्ला दलीय राजनीतिले स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार गर्दै आएको छ । जब कुनै पत्रकारले आफ्नो पेसागत हकहितसँग सम्बद्ध संस्थामा नेतृत्व लिनका लागि राजनीतिक दलको मुख ताक्नुपर्छ भने ऊ आफूनिकट राजनीतिक दलका बारेमा कसरी तटस्थ हुन सक्छ ?
  • बबिता बस्नेत

‘नेपालमा अहिले प्रेस स्वतन्त्रताको अवस्था के छ ?’ कुनै बेला नेपालको प्रेस स्वतन्त्रता अत्यन्तै धरापमा परेको भनी अन्तर्राष्ट्रिय मिसनका रूपमा नेपाल आउने/जाने गरेका विभिन्न मुलुकका पत्रकार तथा पत्रकारका हकहितमा कार्यरत साथीहरूले बेला-बेलामा यो प्रश्न गर्ने गर्छन् । जवाफ दिने क्रममा सोच्नैपर्ने हुन्छ, साँच्चै यो मुलुकको प्रेस स्वतन्त्रताको अवस्था अहिले कस्तो छ ?

झट्ट हेर्दा प्रेसलाई कतैबाट प्रत्यक्ष हस्तक्षेप छैन । लेख्नेहरू लेखिरहेकै छन्, बोल्नेहरू बोलिरहेकै छन्, सञ्चार संस्थाहरू खुल्ने क्रम जारी छ । छापा र विद्युतीय दुवै मिडियाको सङ्ख्या दिन-प्रतिदिन बढिरहेको छ । मिडिया बढेपछि पत्रकार र सञ्चारकर्मीको सङ्ख्या बढ्ने नै भयो । बाहिरबाट हेर्दा प्रेस स्वतन्त्रतामा हनन भएजस्तो कहीँ-कतैबाट लाग्दैन, देखिँदैन । बरु प्रेस जिम्मेवार भएन, सही सूचना प्रवाहित गरेन भनेर समय-समयमा जनगुनासो सुनिन्छ । स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यमहरू स्वयम् व्यापक राजनीतिकरणमा फसेका भन्ने टिप्पणी त अब सामान्य हुन थालिसके । जब एमाले, काङ्ग्रेस, माओवादी भनेर एफएम, पत्रिका र टेलिभिजनहरू पार्टी नेताहरूकै अग्रसरतामा स्थापित हुन्छन्, यसप्रकारका टिप्पणी हुने नै भए । हरेक क्षेत्र, पेशा, ब्यवसायमा राजनीति चलिरहेको बेला मिडिया मात्रै स्वतन्त्र रहन्छ भन्ने कुरा अब करिब-करिब टाढाको लक्ष्य बन्दै गएको छ । यद्यपि खस्कँदो राजनीतिक मर्यादा र मूल्य-मान्यताबीच मिडियाले निर्वाह गर्दै आएको भूमिका केही हदसम्म स्वतन्त्र नै छ भन्नचाहिँ सकिन्छ ।

सेल्फ सेन्सरसिप

कुनै बेला प्रत्यक्ष सेन्सरसिप ब्यहोरिसकेको नेपाली मिडिया अहिले पनि ‘सेल्फ सेन्सरसिप’मा छ भन्दा झट्ट बाहिरबाट मिडियालाई हेर्नेहरूको मनमा प्रश्न उठ्न सक्छ, कसरी ? हो, अहिले पनि मिडियाले देखेको कुरा जस्ताको तस्तै छाप्न या प्रसारण गर्न सक्ने अवस्था छैन । डर धेरैतिरबाट छ, दृश्यमा भएका, अदृश्यमा रहेका, पर्दाअगाडिका, पर्दापछाडिका अनेक शक्ति र समूहहरू प्रेसको घाँटी निमोठ्न लागिपरेका छन् । उनीहरू चाहन्छन् कि मुखुण्डोभित्रका आफ्ना वास्तविकताहरू जनतासामु नआऊन् । त्यसप्रकारका समूहले आफ्नो बारेमा कुनै समाचार सार्वजनिक भएमा सञ्चारमाध्यमका कार्यालयमा टेलिफोन गरेर मात्र होइन उनीहरू स्वयम् उपस्थित भएर फेरि त्यसप्रकारका सामग्री प्रकाशित/प्रसारित भएमा सम्बन्धित पत्रकार र सम्पादकको जीउज्यान जोखिममा पर्ने समेतको धम्की दिन्छन् । ‘तपाईंका छोराछोरी कुन स्कुल, कलेज पढ्छन् र कुन बाटो हिँड्छन् भन्ने कुरा हामीलाई थाहा छ’ भन्नेसम्मको धाकधम्की पाएर पनि कतिपय पत्रकारहरू जोखिमपूर्ण त्रासकाबीच पेसालाई अघि बढाइरहेका छन् ।

हामीकहाँ मौलाएको राजनीतिक विकृतिसँगै मिडियाकर्मीलाई पनि एउटै बास्केटमा राखेर हेर्ने चलन क्रमशः स्थापित हुँदै गएको छ । सबै पत्रकार उस्तै छैनन्, पत्रकारितालाई व्यावसायिक बनाउन लागिपर्नेहरू छन् । विडम्बना यो छ कि जो स्वतन्त्र छन्, ‘थ्रेट’ उनीहरूलाई नै बढी छ । राजनीतिक टीकाटिप्पणी र खोजीपत्रकारिता गर्नेहरूले नै बढी धम्की पाउँदै आएका छन् । सेल्फ सेन्सरसिप राजनीतिक दलहरूका कारण पनि छ । पत्रकारहरू स्वयम् कुनै न कुनै रूपमा राजनीतिक दलसँग सम्बद्ध भएकाले आफूनिकट पार्टीका कुराहरू लुकाउने प्रवृत्ति पत्रकारहरूमै पनि देखिएको छ । सेल्फ सेन्सरसिप स्थापित र भरखरै अस्तित्वमा आएका सबै प्रकारका मिडियामा छ । सुरुवात गरेर ‘फलोअप’ दिन नसकेका कतिपय सामग्री सेल्फ सेन्सरसिपभित्रै परेका हुन् भनेर बुझ्न मिल्छ ।

गल्ती, कमी-कमजोरी

नेपाली पत्रकार र सञ्चारकर्मीहरूको सबैभन्दा ठूलो कमजोरी र गल्ती आफू स्वयम् राजनीतिमा मुछिएर भएको छ । जिल्ला-जिल्लामा एफएमहरूको भीड लाग्दा हामी भनिरहेका छौँ- रेडियोको दुनियाँमा नेपाल उदाहरणीय बनेको छ । हो, गाउँ-गाउँमा सञ्चारको विकास हुनु निश्चय नै राम्रो कुरा हो तर ती रेडियोका मालिक को छन् ? कसका नाममा दर्ता भएका छन् र मिडियामा उनीहरूको रुचि के कारणले बढ्यो भन्ने कुरातर्फ भने त्यति ध्यान दिइएको छैन । धेरैजसो रेडियो स्टेसनहरू राजनीतिक दलका व्यक्तिहरूले चलाएका छन् । माओवादी, एमाले र काङ्ग्रेससम्बद्ध भनेर खुल्ला रूपमै सञ्चारमाध्यम सञ्चालनमा आएपछि यी दलहरूबीच प्रतिस्पर्धा नै अब सञ्चारमाध्यमबाट हुनेछ, हुन सुरु भइसकेको छ । दैनिक, अनलाइन, साप्ताहिक, रेडियो या टेलिभिजन जुन माध्यममा काम गरे पनि पत्रकारको अवस्था के छ भन्ने कुरा त नेपाल पत्रकार महासङ्घको निर्वाचनले स्पष्ट पार्दै आएकै छ । महासङ्घको चुनावमा पत्रकारबीच होइन काङ्ग्रेस, एमाले र माओवादीसम्बद्ध पत्रकारबीच प्रतिस्पर्धा हुने गरेको छ । चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा पनि दलहरूले नै तय गर्ने गरेका छन् । पार्टीले टिकट नदिएको पत्रकार स्वतन्त्र रूपमा उठ्दा जित्ने अवस्था अत्यन्त झिनो रहन्छ । यसरी पत्रकारहरूको खुल्लमखुल्ला दलीय राजनीतिले स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार गर्दै आएको छ । जब कुनै पत्रकारले आफ्नो पेसागत हकहितसँग सम्बद्ध संस्थामा नेतृत्व लिनका लागि राजनीतिक दलको मुख ताक्नुपर्छ भने ऊ आफूनिकट राजनीतिक दलका बारेमा कसरी तटस्थ हुन सक्छ ? अहिलेको ‘ट्रेन्ड’ हेर्दा नेपालमा स्वतन्त्र पत्रकारिताको सिद्धान्त व्यवहारमा लागू हुन अझै समय लाग्छ भन्न सकिन्छ । पत्रकारितामा रहेकाहरूको निम्ति यसप्रकारको अवस्था निकै ठूलो चुनौती हो ।

त्यसो त, पत्रकार हुँदैमा कुनै राजनीतिक आस्था नै राख्न नमिल्ने भन्ने हुँदैन । विश्वका विभिन्न मुलुकमा रहेर मिडियामा कार्यरत पत्रकारहरू प्रायः सबै नै आफ्नो मुलुकमा रहेका कुनै न कुनै दललाई मतदान गर्छन् । मतदान गर्दा निश्चय नै सैद्धान्तिक आस्थाको कुरा आउँछ तर हामीकहाँ जस्तै गरी राजनीतिक दलले नै पत्रकारका नेता छान्ने प्रवृत्ति भने कमै मुलुकमा होला । हामीकहाँ कतिपय पत्रकारहरू आफ्नो पेसाप्रति भन्दा पनि आफूसम्बद्ध राजनीतिक दलको व्यक्ति हुनुमा गर्व गर्छन् । यस्तो अवस्थामा राजनीतिक दलबाट हुने ‘थ्रेट’लाई कम गर्न गाह्रो पर्छ । व्यावसायिक आचारसंहिताका साथै पत्रकार हुनुका पनि सीमितताहरू छन् भन्ने कुरा हामीकहाँ आत्मसात् गरेको पाइँदैन । आफूलाई स्वतन्त्र घोषित गरेर मात्र हुँदैन, स्वतन्त्र हुन सक्नु पनि पर्छ । जबसम्म पत्रकार ‘जय नेपाल’ र ‘लाल सलाम’को अभिवादनमा रमाउँछन् तबसम्म स्वतन्त्र प्रेस जनताका निम्ति टाढाको लक्ष्य बनिरहनेछ ।-घटना र विचार साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी

गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी

ताप्लेजुङमा किशोर किशाेरी धेरै

ताप्लेजुङमा किशोर किशाेरी धेरै

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

जनसाङ्ख्यिक लाभको अवसर

जनसाङ्ख्यिक लाभको अवसर

बलियो लोकतन्त्रमा जिम्मेवार प्रेस

बलियो लोकतन्त्रमा जिम्मेवार प्रेस

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि