काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ।
सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २८ गते भित्र स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
लोसपाले केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा बिहीबार जिल्लाहरूमा विस्तारित बैठक गरेको थियो। उक्त बैठकबाट चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको नेता केशव झाले जानकारी दिए।
अघिल्लो पटक राजपाबाट २४ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । तर आगामी निर्वाचन भने यसअघिको भन्दा राम्रो गर्ने लोसपाको दाबी छ ।